arrow

इस्तानबुलमा आत्मघाती बम आक्रमण,१० जनाको मृत्यु

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
turkey.jpg.jpeg
अङ्कारा (टर्की) । टर्कीको पुरानो सहर इस्तानबुलको पर्यटकीय इलाकामा मङ्गलबार भएको आत्मघाती बम हमलामा आत्मघाती बम आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । घटनामा अन्य १५ जना घाइते भएका छन् । आक्रमणमा परी उक्त इलाकामा रहेका केही संरचनामा समेत नोक्सान भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 
 
 
सिरियाली नागरिकको संलग्नता:एर्डोगान 
 
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इस्तानबुलको पर्यटकीय इलाकामा मङ्गलबार भएको आत्मघाती बम हमलामा सिरियालीमूलका एक व्यक्तिको संलग्नता रहेको दाबी गर्नुभएको छ । घटनालाई एक निन्दनीय आतङ्ककारी घटना भन्दै राष्ट्रपति एर्डोगानले भन्नुभयो, म हमलाको कडा शब्दमा निन्दा गर्छु । 
 
घटनामा सिरियालीमूलका एक व्यक्तिको संलग्तना रहेको आफ्नो सरकारको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताउँदै एर्डोगानले घटनाको योजनाकार तथा समूहलाई कानुनी दायरामा ल्याइ छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । राष्ट्रपति एर्डोगानको हमलापछिको यो पहिलो प्रतिक्रिया थियो । सन् २०१५ को अक्टोबरमा इस्लामिक समूह आईएसले दुई वटा शक्तिशाली आत्मघाती बम हमला गर्दा टर्कीमा १०२ जनाको मृत्यु भएको थियो । 
 
करिब दुई वर्ष छ महिना लामो शान्ति प्रक्रियापछि गएको जुलाईदेखि अमेरिकी नेतृत्वको संयुक्त गठबन्धनले आईएस गतिविधि नियन्त्रणको प्रयासका लागि हवाई आक्रमण गर्दै आएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ