arrow

दुई नम्बरमा काँग्रेसको नारा: प्रदेश २ को राजधानी जनकपुरमै बनाउने

‘स्थानीय चुनाव, दलीय नारा’

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
Congres-FNL.jpg1.jpeg

काठमाडौं । आसन्न दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनलाई अमुख दल र मधेस केन्द्रीत दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा आ–आफ्ना उम्मेदवार जिताउन दलहरुले आकर्षक नारा दिएका छन् भने, केन्द्रीय नेता नै भोट माग्न खटिएका छन् । सबैको ध्यान वीरगञ्ज महानगर र तीन उपमहानगरमा गएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफै खटिएका छन् भने, एमालेले उम्मेदवार टुंगो लगाउनासाथ केन्द्रीय नेताहरुलाई उतार्ने रणनीति लिएको छ । सत्ताधारी काँग्रेसभित्र भने टिकट वितरणको विषयलाई लिएर विवाद भएको छ । यद्यपि, काँग्रेसले समेत घरदैलो र भेटघाटलाई तीब्रता दिएको छ ।

२ नम्बर प्रदेशमा पहिलो बन्न दलका नेता कार्यकर्ताले समेत पार्टीका शीर्ष नेताको आश्वासन नै सुनाइरहेका छन् ।
यो प्रदेशको जनकपुर र वीरगञ्जलाई दलहरुले प्राथमिकतामा राखेका छन् । वीरगञ्ज २ नम्बर प्रदेशको एकमात्र महानगरपालिका हो भने जनकपुर उपमहानगरपालिका हो । जहाँ आफु पहिलो बन्न शीर्ष तहका नेतादेखि जिल्लास्तरका नेताहरुले मतदातामाझ आकर्षक चुनावी नारा सुनाईरहेका छन् ।

२ नम्बर प्रदेशमा प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादीका चुनावी नारा मिल्दा जुल्दै छन् । उनीहरुले विश्वविद्यालय स्थापना देखि वमानस्थल, डाइभर्सनलाई उच्च प्राथमिकतामा राखेर प्रचार–प्रसार गरिरहेका छन् ।

काँग्रेसले प्रदेश विश्वविद्यायल स्थापना गर्ने, कृषि क्याम्पस सञ्चालन, कोशी  कमला डाइर्भसन बनाउने, जनकपुरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने,  जनकपुरलाई नै २ नम्बर प्रदेशको राजधानी बनाउने र वीरगञ्जलाई औधोगिक नगरीका रुपमा विकास गर्ने लगायत नारा राखेको छ । काँग्रेसको नारासँग एमाले र माओवादीका केही नारा मिलेका छन् । मुख्यगरी जनकपुरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नारा तीनै दलले राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ