arrow

धनुषाका १८ वटै स्थानीय तह प्रमुखमा काँग्रेसबाट क–कसले दिँदैछन् उम्मेदवारी(सूची)

logo
शैलेन्द्र झा
प्रकाशित २०७४ भदौ १८ आइतबार
Dhanusha_District1.jpg

धनुषा । नेपाली काँग्रेसले धनुषा जिल्लाका सबै स्थानीय तहहरुमा प्रमुख पदमा उम्मेदवारी दिनेहरुको नामावली तयार पारेको छ । घोषणामात्रै हुन बाँकी रहेको सो नामावलीलाई लगभग अन्तिम चरणमा पुर्याईएको बताईएको छ । जस अनुसार १८ स्थानीय तहका प्रमुखहरुको नामावली मात्रै बाहिर ल्याईएको छ । उपप्रमुख र वडाध्यक्षहरुको विषयमा अझै पनि छलफल चलिरहेको छ । 
 
कूल १८ वटा स्थानीय तह रहेको धनुषा जिल्लामा १२ नगरपालिका र ६ गाउँपालिका रहेका छन् । ती गाउँपालिका र नगरपालिकामा नेपाली काँग्रेसबाट लगभग निश्चित भईसकेका उम्मेदवारहरुको नामावली तल प्रस्तुत गरिएको छ । 

१‍‍ जनकपुर उपमहानगरपालिका – मनोज कुमार साह, उपमेयर निलम कर्ण 
२ क्षीरेश्वरनाथ नगरपालिका – योगेन्द्र पञ्जियार 
३ मिथिला नगरपालिका – राजकुमार महतो 
४ गणेशमान चारनाथ नगरपालिका – रामचलितर यादव 
५ मिथिला बिहारी नगरपालिका – रामउदय यादव 
६ धनुषाधाम नगरपालिका – वालेश्वर मंण्डल
७ सबैला नगरपालिका – विजयशंकर साह 
८ हंसपुर नगरपालिका – प्रदिप यादव
९ विदेह नगरपालिका – प्रेमचन्द्र झा 
१० कमलासिद्धीदात्री नगरपालिका – बिशेश्वर यादव
११ शहिद नगर नगरपालिका – देवेन्द्र भरखेर 
१२ नगराईन नगरपालिका – परमेश्वर यादव 
१३ जनकनन्दनी गाउँपालिका – राजा गोईत 
१४ धनौजी गाउँपालिका – बद्री सिंह 
१५ औरही गाउँपालिका – राजकिशोर सिंह 
१६ बटेश्वर गाउँपालिका – रामअशिस साह
१७ मुखियापटटी गाउँपालिका – रामबाबु यादव
१८ लक्ष्मीनिया गाउँपालिका – कुमरकान्त झा
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ