arrow

रसुवा-काठमाडौ सम्पर्क समितिले गर्‍यो पुरस्कार सहित सम्मान

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
rasuwa_student.jpg

काठमाडौ । नेपाली कांग्रेस रसुवा-काठमाडौ सम्पर्क समितिले आइतबार एक भब्य समारोहबीच रसुवा जिल्लाबाट माध्यमिक प्रबेशिका परीक्षा (एसइइ) २०७४ मा ए र ए प्लस ग्रेड ल्याउने २१ जना विद्यार्थीहरुलाई ५ अजार १ सय नगद सहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ । साथै सर्बोत्कृस्ट श्रेणीमा बिद्यार्थी उतिर्ण गराउन सफल रसुवा का विद्यालयहरुलाई पनि प्रशंसा पत्र सहित सम्मान गरेको छ ।

काठमाडौको बालाजुमा आयोजना गरिएको उक्त कार्यक्रम को सभापतित्व समितिका अध्यक्ष प्रेम प्रसाद पौडेलले गरेका थिए । पुरस्कृत विद्यार्थी तथा विद्यालयलाई प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रम का प्रमुख अतिथि नेपाली कांग्रेस का केन्द्रीय सदस्य अर्जुन नर्सिङ केसीले बिद्यार्थी तथा विद्यालय को उज्ज्वल शैक्षिक भबिष्यको कामना गर्दै नेपाली कांग्रेस रसुवा काठमाडौ सम्पर्क समितीले आयोजना गरेको सो कार्यक्रम हालसम्मकै उत्कृष्ट र उपलब्धि मुलक भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ