arrow

देउवामाथि खनिए अोली

बसुरुद्दिनलाई वीरगन्ज महानगरको टिकट दिनेवित्तिकै प्रधानमन्त्रीले नेशनलको सम्बन्धन खोसे

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
Kp-oli-speaking-11017716.jpeg

भरतपुर । एमाले अध्यक्ष केपी ओलीले आफुहरुले बसुरुद्दिन अन्सारीलाई वीरगञ्ज महानगरको मेयर घोषणा गर्नेवित्तिकै काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खोसिएको बताएका छन् ।

ओलीले चितवनमा पत्रकारसँग कुरा गर्दै नेशनल मेडिकल कलेजलाई दिएको  सम्बन्धन प्रधानमन्त्रीको हैसियत र त्रिवि कुलपतिको हैसियत नै दुरुपयोग गरेर स्वेच्छाचारी ढंगले खोसेको आरोप लगाए ।

उनले भने, ‘हामीले बसुरुद्दिन अन्सारीलाई मेयरको उम्मेदवार तोक्यौँ । त्यो सुन्नेवित्तिकै प्रधानमन्त्रीको हैसियत र त्रिवि कुलपतिको हैसियत नै दुरुपयोग गरेर स्वेच्छाचारी ढंगले दबाब सिर्जना गरेर सम्बन्धन खोस्न लगाइयो ।’

अहिले कुनै संस्थाले आफुले कामै गर्न पाउँदैनन्, ओलीले अगाडि थपे, ‘आफुले काम गर्यो कि महाभियोग ठोक्दिन्छन् । प्रधानन्यायाधीशलाई ले महाभियोग ठोके । केही भयो भने निस्कासन गर्दिन्छौँ भन्छन् ।’ अब कति मुद्दा मात्रै लड्ने ? मुद्दामै त जान चाहँदैनन् नि मान्छेहरु, ओलीले भनेका छन् ।

ओलीले अदालतले सहमति देऊ, स्वीकृति देऊ भनेर भनेको भन्यै गरेको उल्लेख गर्दै, ‘अदालतलेअन्तिम ताकेता गर्दैछु, तुरुन्त सम्बन्धन देऊ भनेपछि विश्व विद्यालयले सम्बन्धन दियो । तर अहिले नियतवस खोसियो ।’ मेडिकल कलेजलाई सम्बन्धन दिने–नदिने निर्णय लहड र दबाबमा गर्न नहुने भन्दै ओलीले त्रिवि कार्यकारी परिषद्लाई समेत सुझाए ।

अन्सारी नेशनल मेडिकल कलेजको सञ्चालक हुन् । पूर्व सभासद् समेत रहेका अन्सारीले नै सर्वोच्चमा मुद्दा दर्ता गरेपछि सर्वोच्चको फैसलालाई आधार मानेर त्रिविले नेशनललाई सम्बन्ध दिएको थियो ।

यद्यपि, उनले मेडिकल कलेजले सम्बन्धन पाउने मापदण्ड पुरा नगरेको बताइँदै छ । साथै उनले अस्पताल सञ्चालनको अनुमति समेत नलिएको खुल्न आएको छ  

मेडिकल सञ्चालक बसुरिद्धिन अन्सारीलाई एमालेले वीरगन्ज महानगरपालिकाको मेयरमा टिकट दिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा सम्बन्धन खोसिएको ओलीको आरोप छ  ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार त्रिविका उपकुलपति तीर्थ खनियालाई डाकेर नेशनल मेडिकल कलेजको सम्बन्धन रोक्न भनेपछि कार्यकारी परिषदको आकस्मिक बैठकले सम्बन्धन स्थगत गर्ने निर्णय गरेको थियो । खनियाले नेशनललाई दिएको सम्बन्धन बारे थुप्रै टिका टिप्पणी आएको र सत्य तथ्य छानविन गर्न बनाइएको समितिले प्रतिवेदन नदिएसम्म सम्बन्धन रोक्ने निर्णय भएको सुनाएका छन् ।

एमालेले मेडिकल कलेज सञ्चालन नगरेको उल्लेख गर्दै ओलीले मनमोहन मेडिकल कलेजको पूर्वाधार पुग्दा पुग्दै पनि किन सम्बन्धन नदिएको भनी प्रश्न गरे ?  ‘मनमोहनमा पूर्वाधार पुगेको छ कि छैन, हस्पिटल चलेको छ कि छैन, पढाउने शिक्षकहरु छन् कि छैनन् ?,’ ओलीले प्रश्न गर्दै भने,  ‘कसको नाममा चलाउने पाउने, कसको नाममा नचलाउन नपाउने ? अरुले धेरै झुम्रा जोडेर बनेको पुतलीले धेरै फुर्ती नगरे हुन्छ ।’ ओलीले आयल निगमको जग्गा खरिदमा भएको अनियमितता समेत राज्यसत्ताको संरक्षणकै उपज भएको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ