arrow

तालमेलको सम्भावना रहेको दुई नगरबाहेक सर्लाहीमा काँग्रेसका उम्मेदवार तय (सूची सहित)

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
congress_sarlahi.jpg

सर्लाही । तालमेलको सम्भावना रहेका दुई नगरपालिकाहरु बाहेक सर्लाही जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकाहरुमा नेपाली काँग्रेसले स्थानीय तहको तेस्रो चरणमा हुने निर्वाचनको लागि उम्मेदवार तय गरेको छ । आईतबार साँझसम्म काँग्रेसले ११ वटा नगरपालिका र ९ वटा गाउँपालिकामा प्रमुख र उपप्रमुखमा उम्मेदवारको नाम तय गरिसकेको छ । 

भदौं २१ गते हुने निर्वाचनको मनोनयनको लागि काँग्रेसले हरिवन नगरपालिका र लालबन्दी नगरपालिकाको प्रमुख र उपप्रमुखमा भने नेकपा माओवादी केन्द्रसँग तालमेल गर्ने प्रयास गरेकोले सो विषयमा छलफल नभएसम्मको लागि भनेर उम्मेदवारको नाम तोकेको छैन । अहिले यी दुई नगरपालिका बाहेक पनि वाग्मती नगरपालिका र ईश्वरपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा पनि तालमेलको चर्चा चलिरहेको छ । तर, यी दुई नगरपालिकामा भने काँग्रेसले आफ्नो उम्मेदवारको नाम नै सार्वजनिक गरिसकेको छ । 

समग्रमा यी चार नगरपालिकामा तालमेलको विषयमा कुराकानी गर्नको लागि आईतबार दिउँसो पनि दुईपार्टीबीच बैठक बसेको थियो । आईतबार राती ९ बजे फेरि बैठक बस्नेगरी दिउँसोको बैठक स्थगित भएको थियो । यो बाहेकका गाउँपालिका तथा नगरपालिकामा काँग्रेसबाट मेयर तथा उपमेयरका उम्मेदवारहरुको नामावली तल प्रस्तुत गरिएको छ । 

१ वाग्मती नगरपालिका     – प्रमुख कृष्णराज रायमाझी, उपप्रमुख शान्तिदेवी महतो 
२ इश्वरपुर नगरपालिका     – प्रमुख प्रमोद बराल, उपप्रमुख अनिता चौधरी 
३ बलरा नगरपालिका        – प्रमुख डा. कमलेश्वर प्रसाद सिन्हा, उपप्रमुख अनिता देवी 
४ रामनगर गाउँपालिका     – प्रमुख कृष्ण प्रसाद वर्मा, उपप्रमुख मीना कमारी पण्डित 
५ धनकौल गाउँपालिका     – प्रमुख राम आश्रय साह, उपप्रमुख अकलीदेवी सहनी 
६ गोडैटा नगरपालिका       – प्रमुख उपेन्द्र प्रसाद कुसवाहा, उपप्रमुख आशादेवी पाशवान 
७ विष्णु गाउँपालिका         – प्रमुख राजेन्द्र राय यादव, उपप्रमुख तियरीया देवी 
८ कौडेना गाउँपालिका       – प्रमुख रुपेश कुमार यादव, उपप्रमुख इन्द्रकला देवी 
९ कविलासी नगरपालिका    – प्रमुख राजकुमार साह, उपप्रमुख राजकली देवी 
१० चन्द्रनगर गाउँपालिका     – प्रमुख श्यामप्रसाद सिंह, उपप्रमुख शान्ति साह 
११ हरिपूर्वा नगरपालिका     – प्रमुख शियाराम राय, उपप्रमुख चन्द्रकला देवी 
१२ मलंगवा नगरपालिका     – प्रमुख निर्शल साह, उपप्रमुख शान्ति सवनम निकरानी 
१३ पर्सा गाउँपालिका         – प्रमुख राम शेवक राय, उपप्रमुख तेतरी देवी 
१४ ब्रह्मपुरी गाउँपालिका     – प्रमुख अमृत शाह, उपप्रमुख रामझरी देवी यादव 
१५ बरहथवा नगरपालिका     – प्रमुख निरन्जन प्रसाद दास, उपप्रमुख यशोदा चालिसे 
१६ बसबरिया गाउँपालिका     – प्रमुख राम अयोध्या यादव, उपप्रमुख राज दुलारी देवी 
१७ हरिपुर नगरपालिका     – प्रमुख उदयनारायण चौधरी, उपप्रमुख तानुदेवी शाह 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ