arrow

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको हाहाकार, राजमार्ग अवरुद्धले विजोग

logo
हाम्रा कुरा
प्रकाशित २०७४ भदौ १९ सोमबार
karnali-health-academy.jpg
तस्बिर : फाइल

जुम्ला । पटक–पटक भएको कर्णाली राजमार्ग अवरुद्धले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अक्सिजनको हाहाकार भएको छ । 

एक सातादेखि कर्णाली राजमार्गमै अक्सिजनको सिलिण्डर बोकेका गाडी थन्किएकाले प्रतिष्ठानमा यसको अभाव भएको हो । 

अक्सिजन सकिएका कारण हाडजोर्नीका मात्र १५ जना बिरामी अस्पतालमा शल्यक्रिया गर्न पर्खनुपरेको मेडिकल निर्देशक डा पुजन रोकायाले बताए । 

कालिकोटको गगने खोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएपछि यो समस्या भएको हो । 

“मगाइएका सबै सिलिण्डर गगने खोलाभन्दा अघि बढेका छैनन् । यहाँ स्टक भएका अक्सिजनमा मात्र दुई वटा बाँकी छन्”– उनले भने । 

उनका अनुसार दुई–चार दिनभित्र अक्सिजन नआएमा बिरामी जिल्ला बाहिर पठाउनुपर्ने अवस्था सामना गर्नुपर्ने देखिन्छ ।
 
छ दिनअघि कर्णाली राजमार्ग दैलेख र कालिकोटको गगने खोलामा ५० मिटर लम्बाइमा पहिरो आएको र सो खुलाउन प्रयास भइरहेको कालिकोटका प्रहरी नायब उपरीक्षक सुवास बोहराले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ