arrow

भ्रष्टाचारीले आजीवन संसद कुच्न नपाउने, विधेयक सोमबार प्रस्तुत हुँदै

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
corruption-cartoon.jpeg

काठमाडौं । नेपाली काँग्रेसका १९ सांसदहरुले भ्रष्टाचारको कसुर भुक्तान गरिसकेकाले पनि निर्वाचन लड्न पाउनु पर्ने संसोधन प्रस्ताव दर्ता गरेपछि मच्चिएको सनसनी मत्थर भएको छ ।

काँग्रेस सांसदहरुले उक्त संसोधन प्रस्ताव फिर्ता भएपछि अब भ्रष्टाचारीले आजीवन संसद कुच्न नपाउने भएका छन् । 

काँग्रेस सांसदहरुले संसोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक पारितमात्र भएको छैन संसदिय समितिका सभापति दिलबहादुर घर्तीका अनुसार सोमबारै संसदमा प्रस्तुत हुँदैछ । संसद बैठक सोमबार बिहान ११ बजेलाई डाकिएको छ । 

घर्तीले काँग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले संसोधन प्रस्ताव फिर्ता लिएको बताउँदै फिर्ता लिएपछि समितिबाट पारित भएको बताए । उनले हाम्राकुरालाई भने, ‘संसदबाट आजै पारित होला वा नहोला यो कुरा छोड्नुस् आज संसदमा प्रस्तुत हुन्छ ।’

उक्त विधेयक संसदबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणिकरण गरेसंगै कानुनको रुप लिनेछ । 

यो संसोधन फिर्ता लिएपछि सिंगो नेपाली काँग्रेसको साख पनि जोगिएको छ । 

भ्रष्टाचारीको काँध थापेको आरोपमा सिंगो पार्टी नै बदनाम हुँदै आएको थियो । 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको नेतृत्वले प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिने रणनीति बनाएपछि १९ सांसदले नैतिकताका आधारमा प्रस्ताव फिर्ता लिएका हुन् ।

काँग्रेस केन्द्रीय सदस्य एवं सांसदद्धय गगन थापा र धनराज गुरुङलगायतका नेताहरु पनि भ्रष्टाचारीलाई जतिसुकै समय भुक्तान गरे पनि उम्मेदवार बनाउन नहुने अडान गर्दै आएका थिए ।  

यो संसोधन प्रस्ताव दर्ता भएसंगै काँग्रेसमाथि अन्य दलहरुले गम्भीर आरोप लगाउँदै आएका थिए । अन्य दलहरुले यही विषयलाई चुनावी मुद्दा बनाउने समेत बताइसकेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ