arrow

एकैपटक ८८ किलो सुनसहित एक जना पक्राउ, थप अनुसन्धान जारी

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
gold.jpeg

काठमाडौं । नेपाल प्रहरीले सुनकाण्डमा अहिलेसम्मकै ठूलो सफलता हासिल गरेको छ । प्रहरीले एकै पटक ८८ किलो सुनसहित क्षेत्रपाटीमा एकजनालाई पक्राउ गरेको हो । 

प्रहरीले यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो परिणामको सुन पक्राउ गरिएको भनेको छ । 

रसुवाको केरुङ नाकाबाट बा १७ च ६४२७ नम्बरको गाडीमा काठमाडौँ ल्याइएको सुनसहित सवारी चालक मनोज अधिकारी पक्राउ परेका हुन्। 

महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले सूचनाका आधारमा सोमबार बिहान २ बजे सुन पक्राउ गरेको हो ।

प्रहरीले अधिकारी भरियामात्र भएको हुनसक्ने आशंका गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रहरी प्रवक्ता नरेन्द्रराज उप्रेतीले ११ बजे पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने बताए । 

यसअघि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन नियन्त्रणमा लिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ