arrow

चित्रबहादुर केसीको प्रश्न ‘लोकतन्त्रका ठेकेदारहरु तीनदलमात्रै हुन् ?' 

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
Chitra-bahadur-Kc.jpeg

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सोमबार मात्रै राज्य व्यवस्था समितिबाट पारित भएको प्रतिनिधि सभाको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि असन्तुष्टि जनाएका छन् । व्यवस्थापिका संसद्को सोमबारको बैठकमा भएको विधेयक माथिको छलफलमा रादिएको ३ प्रतिशतको थ्रेस होल्डको बारेमा उनले गुनासो गरेका हुन् । 

उनले तीन दलमात्रै लोकतन्त्रका र गणतन्त्रको ठेकेदार जस्तो व्यवहार गरिएको भन्दै पञ्चायतको विरु लडेका र राजाको विरुद्ध लडेकाहरुलाई त्यसै बाहिर राख्नेगरी ऐन ल्याईएको गुनासो गरे । 

त्यस्तै, ठूलादलहरु सधैं आलोचनाको शिकार बनिरहेको भन्दै ती दलहरु पनि राष्ट्रियतासँग सम्झौता गरेर टिकीरहेको आरोप लगाए । उनले ठूला दलहरुको यही राष्ट्रियताको विरुद्धको काममा विरोध गरेका कारण आफूहरुलाई संसद्मा प्रवेश गर्नै नदिएको आरोप पनि लगाए । 

केसीले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनेकुरा आफूहरुले माग गरेको भएपनि त्यो व्यवस्थामा नगरिएकोप्रति उनले असन्तुष्टि जनाए । फेरि भ्रष्टाचारीलाई भ्रष्टाचार गर्ने लाईसेन्स दिनुपर्ने माग गरिएको भन्दै यस्तो व्यवस्था हटाईएकोमा उनले स्वागत पनि गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ