arrow

श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीले बुझाए बाढीपीडितको राहत

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
rahat_bitaran.jpg

काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन श्रम तथा रोजगार मन्त्रालय विभागीय कार्यसमितिले बाढीपीडितकालागि संकलित रकम श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुर मार्फत् प्रधानमन्त्री दैवी प्रकोप उद्दार तथा राहत कोषमा जम्मा गरेका छन् । विभागीय कार्यसमितिका अध्यक्ष सुदर्शन खनाल एवं नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय सदस्य यज्ञराज अर्याल सहितको प्रतिनिधिमण्डलले मन्त्री मन्सुरको कार्यकक्षमा नै गएर राहत रकम हस्तान्तरण गरेका हुन् । 

बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका कर्मचारी र श्रमप्रतिनिधिहरुबाट संकलित ७२ हजार ५५ रुपैयाँ कोषमा जम्मा गरिएको आधिकारिक ट्रेड युनियन श्रम तथा रोजगार मन्त्रालय विभागीय समितिले जनाएको छ । उनीहरुले देशका कुनैपनि ठाउँका नेपालीको समस्या समाधानका लागि कर्मचारीहरु साथमा रहेको सन्देश दिनको लागि सो सहयोग संकलन गरिएको जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ