arrow

दुई वर्षीय बालिकामाथि यस्तो पाप : ठक्कर दिँदा नमरेपछि गाडी हटाएर मारियो 

दैलेख सुर्खेत सडक खण्ड वन्द

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७४ भदौ २० मंगलबार
child_dead.jpg

दैलेख । दैलेखबाट सुर्खेत तर्फ गईरहेको ना.६.ख.१९२५ नम्वरको ट्रकले गए राती डुगेश्वर गाउँपालिका वडा नं. २ को मटेलामा दुई वर्षीया बालिका यमुना अर्याललाई कुल्चिएपछि घटनास्थलमा नै मृत्यु भएको छ । 

प्रत्यक्षदर्शीका अनुसार ट्रकले सामान्य ठक्कर दिएर घाईते भएकी अर्याललाई पुन गाडी पछाडि गरेर कुल्चाएर मारेको आरोप लगाएका छन । बालिकाको आफन्तजनले ट्रकको मालिक र ट्रक ब्यवसायी समितिको पदाधिकारीहरु नआएसम्म बाटो खुल्न नदिने भन्दै दैलेख सुर्खेत सडक खण्ड गएरातीदेखि वन्द गरेका छन । 

मटेलाको विभिन्न स्थानमा ढुंगाको पर्खालहरु वनाएर सडक अवरुद्ध गरेपछि हिजो देखी दैलेखबाट सुर्खेत, नेपालगंज, काठमाण्डौ जाने सवै गाडिहरु चल्न नसक्दा यात्रुहरु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीको अनुसार  ट्रकको मालिक र ट्रक ब्यवसायी समितिको पदाधिकारीहरुलाई वोलाईसकिएको छ उनीहरु आएपछि दुई पक्षको छलफल पश्चात सडक खुल्ने देखिएको छ ।
   


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ