arrow

जब उम्मेदवार नै नबनिसकेका  काँग्रेस नेतालार्इ स्वागत गर्दै नारा लगार्इयो 'विजयी भवः' 

सयौ‌ंको संख्यामा गरे पार्टी प्रवेश

logo
श्रीकान्त झा,
प्रकाशित २०७४ भदौ २० मंगलबार
shuvakamana.jpg

धनुषा । स्थानीय तहको त‍ेस्रो चरणको निर्वाचनकालागि उम्मेदवारी दर्ता गर्ने मिति बुधबारको लागि तोकिएको छ । अहिलेसम्म उम्मेदवारका आकांक्षी मात्रै हुन‍् । मनोज कुमार साह जनकपुर उपमहानगरपालिको प्रस्तावित उम्मेदवार हुन् । तिनै साहलार्इ म‌ंगलबार वडा नं. १४ स्थित सिनरजोडामा सम्पन्न वडा भेला कार्यक्रममा एक्कासी नयाँ नाराले स्वागत गरियो  । नेपाली काँग्रेसबाट प्रस्तावित मेयरका उम्मेदवार साहलाई स्थानीयहरुले विजयी भवः भन्दै अविर लगाएर भब्य स्वागत गरेका छन् । 

कार्यक्रममा बोल्दै साहले जनकपुर उप महानगरपालिकाको समग्र विकास गर्न दक्ष सक्षम र ईमान्दार व्यक्तिलाई मतदान गरि विजय गराउन आग्रह गरे । यस वाडाको नापी कार्या नभएको सुन्दा आफु दुखि भएको र अभिलम्व नापी गराउन आफु पलह गर्ने छौ । जनकपुर उप महानगरपालिकालाई सफा, स्वच्छ र हराभरा नगरिको रुपमा विकास गर्न कर्मठ ईमान्दार र संघर्षशल युवालाई जिताउन आवश्यक रहेको वताए । 

नेपाली कांग्रेस धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं १४ स्थित वडा स्तरीय पार्टी प्रवेश कार्यक्रममा सिजोतिया देवि दास, पल्टी देवि दास, सिकिलिया देवि दास, झटोलिया देवि दास, दुलारी देवि दास, परमेश्वर दास, शिव शंकर दास, श्याम दास, मुनेश्वर दास, धनेश्वर दास, प्रदिप दास, असर्फी दास, जितेन्द्र दास लगायत लगायतका सयौं युवा तथा महिलाहरु नेपाली कांग्रेसमा जनकपुर मेयरका उम्मेदवार तथा नगर सभापति श्री मनोज साहबाट सदस्यता प्राप्त गरी प्रवेश गरेका छन् । 

कार्यक्रममा सम्भावित उपमेयर पदकी उम्मेदवार निलम कर्ण, नेपाली कांग्रेसका वद्री नारायण यादव, हरि राउत, वडा १४ का सम्भावि उमेदवार रामवरण पासमान, श्री प्रताप यादव लगायतका वक्ताहरुले जनकपुरका उपमहानगरपालिका भित्र रहेका वाडाहरुलाई विकासको लागि नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न नगरवासीलाई आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ