arrow

कर्णालीको मौलिक संस्कृति प्रवर्द्धनका लागि काठमाडौंमा उत्सव

प्रधानमन्त्रीको उद्घाटन

logo
प्रकाशित २०७४ भदौ २० मंगलबार
Karnali1.jpg

काठमाडौं । कर्णालीको मौलिक संस्कृति प्रवद्र्धनका लागि मंगलबार राजधानीमा उत्सव आयोजना गरिँदैछ । कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्ला र कालिकोटका युवाहरु आवद्ध कर्णाली समाज र सांस्कृतिक संस्थानको संयुक्त आयोजना उक्त उत्सव गर्न लागेको समाजमा महासचिव सुरेन्द्र रावलले राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

उक्त उत्सवको मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको पनि महासचिव रावलले बताए । कर्णालीका मौलिक कला–संस्कृतिको सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले सो उत्सव आयोजना गर्न लागिएको बताए । 

कर्णालीको दीगो विकास र त्यस क्षेत्रका प्राकृतिक स्रोत–साधनको उच्चसदुपयोग गर्ने विषयमा सरकारको ध्यानाकर्षण गर्न उत्सव सफल हुने विश्वास लिएको समाजका अध्यक्ष प्रेमबहादुर बोहराले बताए ।

उत्सव मंगलबार बिहान ८ बजे राजधानीको भुकृटीमण्डपबाट र्यालीसाथ शुरु भई मुख्य शहरबजार परिक्रमपछि पुनः भृकुटीमण्डपमा ठूलो मेलामा परिणत हुने आयोजकले जनाएको छ । उत्सव कर्णालीका स्थानीय लरे, हुड्के, दमाह नाच, ठाडी भाका, देउडा, मारी, धामी, मागल, स्याप्रु, सहनाई, तथा झुडालगायत विशेष मौलिक कला र साँस्कृतिक प्रस्तुति प्रस्तुत गरिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ