arrow

हिन्दु राष्ट्र स्थापनाका लागि लोहनी सडकमा, काठमाडौंमा तीन दिन प्रदर्शन गर्ने

logo
प्रकाशित २०७४ भदौ २० मंगलबार
dr-lohani-naya-php.jpeg

काठमाडौं । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले तीन दिने सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

राप्रपा राष्ट्रवादीले हिन्दु राष्ट्र कायम गर्न सरकारलाई दवाव दिने उद्देश्यसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
रापंपा राष्ट्रवादीका अध्यक्ष लोहनीले सबै धर्मको सम्मान गर्दै मुलुकमा हिन्दु राष्ट्र कायम गराइ छाड्ने पार्टीको मूल एजेन्डा हो, भनेका छन् ।

लोहनीले यो मुद्दा स्थापित गराउन सरकारलाई दबाब दिनका लागि बुधबार, विहिबार र शुक्रबार काठमाडौंमा सडक संघर्ष गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष लोहनीले सडक संघर्षको क्रममा राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, युवा रोजगारीको अवसर सिर्जना गर्ने बाटोको खोजी गर्न पनि सरकारलाई सडकबाटै दबाब दिने पनि स्पष्ट पारे ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले मुलुकलाई राजनीतिक स्थायित्व दिन समानुपातिकतर्फबाट सांसदहरु बनाउन नहुने जिकिर गर्दै आएको छ ।

राप्रपा राष्ट्रवादीले वुधबार काठमाडौंको विभिन्न ठाउँमा कोण सभा आयोजना गरिनेछ । विहिबार मोटरसाईकल जुलुश र शुक्रबार बबरमहल अगाडि जम्मा भई संसद भवनसम्म जुुलुश निकाल्ने र आमसभा आयोजना गर्ने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ