arrow

कुटुमगञ्ज– कल्याणपुर सडक कालोपत्रे हुनेभएपछि स्थानीय हर्षित 

logo
किरण न्यौपाने,
प्रकाशित २०७४ भदौ २० मंगलबार
shilanyas.JPG

रंगेली । लामो समय देखी बाटोको कारण पिडित बन्दै आएका स्थानीय मोरङको रतुवामाई नगरपालिका –१ कुटुमगञ्ज– कल्याणपुरका स्थानीय बासिन्दाहरु हर्षित भएका छन् ।  

सडक डिभिजन कार्यालय मोरङले कुटुमगञ्ज– कल्याणपुर १२ किलो मिटर सडक कालो पत्रे गरिदिने भएपछि स्थानियबासीहरु हर्षित भएका हुन् ।मंगलबार एक कार्यक्रमबीच रतुवामाई नगरपालिकाको मेयर रविन राईले विधिवत रुपमा सडक निमार्ण कार्यका लागि पुजाअर्चना गरी शिलान्यास गरेका छन् । 

सडक डिभिजनको २८ करोडका लागतमा नाला, कलर्भट सहित कालोपत्रे सडक बनाउने गरी रमन देवेन सयर भुमी जेभी विराटनगरले ३ वर्ष भित्रमा निर्माण गर्ने गरी असार २७ गतेदेखि ठेक्का लिएको इन्जीनियर सोनल बासकोटाले बताए । सडक शिलान्याससँंगै ठेकेदारले सडकको सर्भे गर्ने कार्य थालेको छ । सडक निर्माण हुने भएसंगै सो क्षेत्रका करिव १ हजार बढी परिवार लाभान्वित हुने भएका छन् ।

रतुवामाई नगरपालीकाको वार्ड नं.१ जोड्ने प्रमुख सडक भएकाले सर्वसाधारण जनताहरुलाई सुविधासँंगै कृषकहरुले आफनो उत्पादन बजारसम्म पु¥याउन सहज हुने संगै सडक भारतीय सिमा संग जोडीएकाले सिमा छोटी भन्सार पुुनः स्थापना गर्नका लागि सहज हुने मेयर राईले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ