arrow

प्रदेश नं २ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदै, साँझ ५ बजेसम्म दर्ता गर्न सकिने 

logo
प्रकाशित २०७४ भदौ २१ बुधबार
election-local-2017.jpg

काठमाडौं । प्रदेश नं २ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत असोज २ गते ८ जिल्लामा निर्वाचन हुँदैछ । 

उम्मेदवारी दर्ताका लागि बुधबार १० देखि साँझ ५ बजेसम्मको दर्ता गर्न सकिने समय तोकिएको छ । 

विभिन्न दलका नेता तथा कार्यकर्ताहरु बाजागाजासहित उम्मेदवारी दर्ता गर्न जाने तयारी भइरहेको विभिन्न जिल्लाका नेताहरुले जानकारी दिएका छन् । 

दलहरुले ढिला गरीमात्र उम्मेदवार छान्न सफल भएका छन् । 

पहिलो चरणको निर्वाचन बैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ मा भएको थियो भने दोस्रो चरणको निर्वाचन असार १४ गते प्रदेश नं १, ५ र ७ मा भएको थियो । 

 निर्वाचन आयोगले तेस्रो चरणको निर्वाचनमा दलहरुको उल्लेखनिय सहभागीता हुने विश्वास गरेको छ । 

आयोगले उम्मेदवारी दर्तापछि बुधबारै उम्मेदवारहरुको नामावली सार्वजनिक गर्ने जनाएको छ । 

बिहीबार उम्मेदवार उपर दाबी विरोध गर्ने समय छुट्टाइएको आयोगले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ