arrow

मधेशमा जातिवादीहरुलाई दशा नै छ, काँग्रेस एमालेबीच नै मुख्य प्रतिष्पर्धा हुन्छ : अहिराज

logo
प्रकाशित २०७४ भदौ २१ बुधबार
rajesh-ahiraj.jpg

काठमाडौं । दुई नम्बर प्रदेशलाई दलहरुले प्रतिष्ठाको विषय बनाएपनि जानकारहरुले परिणाम के हुन्छ भन्नेबारे आँकलन गर्न नसकिने बताएका छन् ।

मधेस मामिलाका जानकार एवं विश्लेषक डा. राजेश अहिराजले दुई नम्बर प्रदेशमा आँकलन गर्न निकै अफ्ठ्यारो भएको बताएका छन् । उनले भने, ‘अहिले सिद्धान्तको राजनीति छैन । जातीय र नाताको राजनीति हुन्छ । मधेसम झ्न यो विद्यमन छ । मधेस केन्द्रीत दलहरुमा अझ बढी जाती र नाताको राजनीति छ ।’

पछिल्लो समय मधेस केन्द्रीत दलहरुले तराईमा आन्दोलन छेडेर केही मत बटुल्ने वातावरण बनेपनि खासै सुधार नभएको उनको भनाई छ । उनले मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेसबीचमै हुने बताएका छन् ।

उनले भने, ‘दलहरूले आ–आफ्नो पोजिसन बलियो बनाउन दाबी गर्ने कुरा स्वभाविक हो । तर, यो चुनावमा मुख्य प्रतिष्पर्धा काँग्रेस र एमालेबीच नै होला जस्तो लाग्छ । उनीहरूबीचको  प्रतिष्पर्धा मुख्य हो । त्यसपछि को तेस्रो हुने भन्ने प्रतिष्पर्धा राजपा र माओवादी बीच होला भन्ने देखिन्छ ।’ जातिवादीहरुलाई दशा नै छ ।

संघीय समाजवादी फोरमलाई अप्ठ्यारो रहेको उनले बताएका छन् । उनले भने,  ‘उपेन्द्र जीलाई असजिलो छ । उहाँको दलले पहिलो वा दोस्रो नै भैहाल्ने सम्भवना कम छ । उहाँको दलमा अधिकांश उम्मेद्वार नै यादव जातिका भैदिए । अघिल्ला चुनावी परिणामले जातिवादी, धर्मवादी, संप्रदायवादी दलहरूलाई अस्वीकृत गरेको देखाएको छ ।’ मधेश सेन्टिमेन्टस उपेन्द्रजीको पक्षमा अपेक्षा गरे बमोजिम नहुन सक्छ । उनले अगाडि भने, ‘उहाँका लागि मात्र सकारात्मक के छ भने उहाँ पहिलो चरणबाटै चुनावको पक्षमा उभिनु भयो । अन्ततः उहाँले भनेको चुनावकै बाटोमा राजपा पनि अहिले आइपुगेको छ । यसले उपेन्द्रजीको पार्टीलाई केही राम्रो गर्न पनि सक्छ । विजय गच्छेदारजी पार्टीको खासै प्रभाव देखिएला जस्तो लाग्दैन । उहाँको पक्षमा मधेशको सेन्टिमेन्ट्स देखिएको छैन ।’

माओवादी केन्द्रले जतिनै अभियान चलाएपनि घाटा लाग्ने उनको भनाई छ । उनले अगाडि भनेका छन्, ‘प्रचण्डजीले असन्तुष्ट राजपाका नेताहरुलाई स्वागत गर्नु भयो । तर, असन्तुष्ट प्रवृत्ति जता गए पनि सधै असन्तुष्ट नै रहन्छ । अहिले पार्टी प्रवेश गराउने संख्या बिस्तार गरे पनि माओवादीले शक्ति बिस्तार गरेको जस्तो लाग्दैन ।’

केपी ओली सरकारमा रहँदा सत्ताका निर्णायक पात्र प्रचण्ड नै रहेका कारण  मधेशमा उब्जिएको समस्या समाधान नगर्नेमा प्रचण्ड नै मुख्य दोषी छन् । त्यो नागरिकले बुझेकै होलान् ।’ उहाँलाई कठिन छ ।

एमालेले भोट नदिएका कारण नै संविधान संशोधन पास नभएको हो । जसले एमालेलाई घाटा हाेला । तर, सरकारमा रहेका कारण काँग्रेस र माओवादीले नै संशोधन पास गराउने आफ्नो लिखित बाचा पूरा नगरेर राजपालाई धोका दिएका उनको टिप्पणी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ