arrow

प्रदेश नम्बर २: २८ हजार २९८ जनाको उम्मेदवारी दर्ता, विवरण आउने क्रम जारी

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार

काठमाडौँ। स्थानीय तहको तेस्रो चरणको आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि हालसम्म २८ हजार २ सय ९८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज दिउँसो १२:३० बजेसम्म प्राप्त विवरणअनुसार प्रमुख-अध्यक्ष पदमा एक हजार ५१०, उपप्रमुख-उपाध्यक्ष पदमा ९ सय ७५, वडाध्यक्ष पदमा छ हजार २८० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

खुल्ला सदस्य दुई पदमा १० हजार ५१९, महिला सदस्यमा चार हजार ७ सय ४८ र महिला दलित सदस्यमा चार हजार २ सय ६६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उम्मेदवारी दर्तासम्बन्धी विवरण आउने क्रम जारी नै रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता कार्य बुधबार उत्साहजनक र शान्तिपूर्ण सम्पन्न भएको थियो ।

उम्मेदवारी दर्ताका लागि महिला, दलितलगायतका उम्मेदवारले उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता गराए । यस निर्वाचन एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा हुँदैछ । तेस्रो चरणको निर्वाचनबाट छ हजार ६  सय २७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ