arrow

अरबबाट कमाएर ल्याएको रकम एमालेको टिकटमा खर्च

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
cpnuml.jpeg

महोत्तरी। स्थानिय तहको चुनावमा उमेद्वार बन्ने क्रममा अनेक विकृतिहरु सामुन्ने आउन थालेका छन्। पार्टी र पार्टीका नेताहरुलाई रकम दिएर टिकट लिनुपरेको चर्चासँगै महोत्तरीमा एक एमालेका वडा अध्यक्षका उमेद्वार पनि रकम बुझाएर टिकट लिन सफल भएको पत्ता लागेको छ।

लामो समय अरवमा काम गर्दै हालसालै मात्र नेपाल फर्किएका जलेश्वर नगरपालिका वडा नम्वर ४ को महिचन महतो अहिले पैसा बुझाएर टिकट लिने उमेद्वारको रुपमा चर्चामा आउन थालेका छन्। यो चर्चा अरुले नभएर एमालेकै कार्यकर्ताहरुले गर्न थालेका छन्। एमालेका स्थानियस्तरमै पार्टी संगठनमा क्रियाशिल व्यक्तिले टिकट नपाएर पैसा बुझाएका भनिएका महतोले टिकट पाएपछि एमालेका कार्यकर्ता पङतिमा निरासा पनि छाएको छ ।

अरवबाट ल्याएको साँढे २ लाखमै महतोले टिकट लगि हाले । अब हामी त मुजुरा बजाएर बस्ने त भइयोनी एमालेका एक कार्यकर्ताले दुखेसो गरे। एमालेकै अर्का कार्यकर्ता रजिन्द्र ठाकुरले भने, 'अन्य पार्टी हुन्छ भनेर सुन्ने गरेको विकृती एमालेमै भुसको आगो झै सल्किएको रहेछ हामी त वेवकुफ भएका रहेछौ। अहिले एमालेले मेयर र वडामा उमेद्वार बनाए वापत ७ लाख सम्म रकम लिएको छ। हाम्रा साथीहरुले त्यति नेतृत्वलाई बुझाएका रहेछन।'

संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको स्थानिय तहको चुनाव संघीयता पक्षधर र विरोधी बीचको जनमत संग्रहको रुपमा तराई मधेशमा हेरिएको छ। तराई मधेशको मुद्धाका पक्षमा रहेका र विपक्षमा रहेकाहरुको बीचको जनमत संग्रहको रुपमा हेर्नेहरु पनि छन यो चुनावलाई । मधेशको दोऊअन गर्ने नीति लिएकाहरु र मधेशलाई बचाएर मूलधारमा जोड्नेहरुको नीतिबीचको जनमतसंग्रहको रुपमा लिनेहरु पनि तराई मधेशमा छन्।

एमालेसँग रुष्ट हुँदै हालै एमाले परित्याग गरेका शम्भु यादव भन्छन, ' एमालेलाई तराई मधेशबाट बढार्ने अभियान यो निर्वाचनबाट शुरु हुनेछ । एमालेले तराई मधेशलाई गरेको अपमानको वदला पनि यहि चुनावबाट लिने छौ। टिकट नै बेचेर मधेशको दोहन गर्ने नीति लिनेलाई पनि जनमतको वाढीले बगाइदिनेछौ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ