arrow

प्रदेश नम्बर २ को निर्वाचनका लागि ३८ हजार ४८ जना चुनावी मैदानमा 

logo
प्रकाशित २०७४ भदौ २३ शुक्रबार

काठमाडौँ । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि ३८ हजार ४८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । 

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसी बाट प्राप्त पछिल्लो जानकारीअनुसार निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमध्ये प्रमुख–अध्यक्ष पदमा एक हजार ८१३, उपप्रमुख÷उपाध्यक्ष पदमा एक हजार १३५ र वडाध्यक्ष पदमा आठ हजार ४७४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । 

यसैगरी, खुल्ला सदस्य दुई पदमा १३ हजार ७३१, महिला सदस्यमा ६ हजार ७३५ र महिला दलित सदस्यमा ६ हजार १६० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । 

उम्मेदवारी दर्तासम्बन्धी विवरणलाई प्रशोधन गरी यकिन गर्ने कार्य जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

तेस्रो चरणको स्थानीय तहको यस निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा गरी कुल ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ