arrow

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट, १४ सुरक्षाकर्मीको मृत्यु

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
pakistan.jpg.jpeg
इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानको क्वेटा सहरमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा १४ सुरक्षा अधिकारीको मृत्यु भएको समाचार छ । बलुचिस्तानका गृहमन्त्री सरफाज बुग्तीले उक्त विस्फोटमा मारिनेमा १३ जना प्रहरी र अर्का एकजना अर्धसैन्य बल रहेको जानकारी दिनुभएको छ । 
 
उहाँले प्रारम्भिक रुपमा हेर्दा सो विस्फोट एकदमै शक्तिशाली देखिएको र यसमा परी अरु १२ जना सुरक्षाकर्मी घाइते भएको पनि जानकारी दिनुभयो । स्थानीय सञ्चारमाध्यमहरुले बलुचिस्तानका एकजना प्रहरी निरीक्षकलाई उद्धृतगर्दै सो विस्फोटको समाचार दिएका छन् । तर त्यसमा परी भएको क्षतिको पूर्ण विवरण भने नआइसकेको पनि उनीहरुले जनाएका छन् । 
 
उक्त विस्फोटको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । विस्फोटमा कम्तीमा पनि ८ किलोमीटर विस्फोटक पदार्थ विस्फोटक पदार्थको प्रयोग भएको र विस्फोट आत्मघाती प्रकृतिको भएको जानकारी पनि प्रहरीले दिएको छ । सिन्ह्वा 



नयाँ