arrow

एमालेबाट वडा अध्यक्षका उम्मेदवारसँग दुई वटा नागरिकता रहेको भन्दै उजुरी, छानविन शुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
nagarikta_news.jpg

बारा । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वारा निजगढ नगरपालिकाको वडा अध्यक्षमा उम्मेदवार भएका व्यक्तिसँग दुइवटा नागरिकता रहेको तथ्य सार्वजनकि भएपछि उनी विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । निजगढ नगरपालिका वडा नं ४ वडा अध्यक्षका उम्मेदवार जयराम कुनवर विरुद्ध उजुरी परेको हो । उनले किर्ते गरेर दुई पटक गरी दुई वटा छुट्टा–छुट्टै नम्बर र थर भएको नागरिकता लिएको भन्दै कांग्रेसका वडा अध्यक्षका उम्मेदवार सुनिल कुमार चौधरीले उजुरी दिएका हुन् । 

नागरिकताको विषयमा उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले ईलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई पत्र लखेको निर्वाचन अधिकृत गोविन्दराज गौलीले जानकारी दिए । कुनवरले २०६० बैशाख १४ गते पहिलो पटक ईलाका प्रशासन कार्यालयबाट जयराम कुमरको नाममा ९६७३ नम्बरको नागरिकता लिएको र दोस्रो पटक जयराम कुनवर नाममा २०६३ माघ २१ गते घुम्ती टोलीमार्फत ३३३१०११र५९९ नम्बरको नागरिकता लिएको उजुरीकर्ता चौधरीको दाबी छ । कुनवरले उम्मेदवारी दर्ता गर्दा २०६८ बैशाख २९ गते निकालेको नागरिकता प्रतिलिपी पेश गरेका छन् । 

यसैबीच कलैया उपमहानगरपालिकामा २ जना, जितपुर सिमरा उपमहानगरपालिकामा एक जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । कलैया उपमहानगरपालिका वडा नं १० का एमालेका वडाध्यक्षका उम्मेदवार कपिलदेव प्रसाद कानु र नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार धनसुन्दर महतो कोइरीमाथि उजुरी परेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । वडाध्यक्षका उम्मेदवारहरु अदालतबाट सजाय पाएको उजुरी वडाध्यक्षका उम्मेदवार नुर हसन मियाले दिएको मुख्य निर्वाचन अधिकृत थापाले बताए । त्यसैगरी जितपुर–सिमरा उपमहानगरपालिका वडा नं १० का नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार राजेन्द्र प्रसाद सिंह माथि उजुरी परेको छ ।

वडाध्यक्षका उम्मेदवार सिंहले शिक्षकबाट अवकाश भई पेन्सन खाइरहेको विषयसहितको उजुरी परेको निर्वाचन अधिकृत वीरप्रसाद भुर्तेलले जानकारी दिए । उनिहरुलाई शुक्रबार ११ बजेसम्म जवाफ पेश गर्न निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृत थापाले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ