arrow

'जनकपुरलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्न चाहन्छु’ : मनोज साह

logo
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
janakpur_umedwar.png

जनकपुर । जनकपुर उपमहानगरपालिकाबाट मेयरका लागि नेपाली कांग्रेसबाट मनोज साहले उम्मेदवारी दिएका छन्। जनकपुरको मेयरका लागि उम्मेदवारी दिदै गर्दा आफ्ना एजेण्डालाई साहले यसरी साँटेका छन् ।

जनकपुरवासीले तपाईलाई किन मत दिनु हुन्छ तपाईसंग केही त्यस्तो एजेण्डा छ कि ?

अहिलेसम्म मैले धेरै नै काम गरेको छु जनकपुर विकासका लागि । आउटर रिंगरोड निर्माणका लागि धेरै अगाडीसम्म पहल गरिसकेको छु । जनकपुरको सडक डिविजन कार्यालयका प्रमुख राजेश दास, जनकपुर उपमहानगरपालिकाका प्रमुख पुण्यप्रसाद लुइटेल, वीरेन्द्र यादव र मनोज कुमार झासंग मैले नेपाली कांग्रेसको नगरसभापति भएर २०५४ सालको आउटर रिंगरोडको जे अवधारणा छ त्यसलाई यथास्थितिमा राखेर विकास गर्नु पर्छ । जुन अहिले सम्म हुन सकेको छैन । सडक फराकिलो हुन सकेको छैन । सडक फराकिलो हुनु अतिआवश्यक छ । किनभने जनकपुर सरसफाई गर्न प्रत्येक घरको अगाडी टूक जाओस । यो अवधारणा आउने २०÷२५ बर्षमा पुरा गर्नेछौँ । खेलको लागि एउटा स्टेडियम बनाउने छु । हामीले पुरानो जनकपुर र नयाँ जनकपुरको अवधारणा लिएर अगाडी बढ्ने छु । जनकपुर जटही सडकखण्ड अयिहले जुन ६ लेन जुन बनिरहेको त्यसमा निश्चित रुपमा हामीहरुको हात रहेको छ । जनकपुरको भौतीक संरचना बचाउनका लागि जुन अहिले वाइपास रोड बनिरहेको छ त्यसमा शिुद्ध रुपमा मेरो हात छ । हाम्रो नेता विमलेन्द्र निधिको आशिर्वादले र यहाँ हामीहरुको सहयोगबाट यो काम गर्न हामी सफल भएका छौँ । यस्तै वाइपास रिंग रोड अहिले शहीदपथमा निर्माण कार्य हुँदैछ, हुलाकी राजमार्गको कुरा भईरहेको छ यसलाई पनि परिक्रमा सडक संग जोडेर जनकपुरमा १६ किलोमिटरको मापदण्ड होस, बाहिरी रोड ३० मिटरको होस हाम्रो लक्ष्य रहेको छ ।  जनकपुरको २४ वटै वार्डमा बर्थिंग सेन्टरको आवश्यक्ता छ त्यसको पनि हामी पूर्ती गर्ने लक्ष्य लिएका छौँ ।  

जनकपुरको विकासका लागि के गर्नु हुन्छ ?

जनकपुरका लागि सबैभन्दा ठूलो समस्या ढल नहुनु हो । जनकपुर बनाउनका लागि सबैभन्दा पहिले उपयुक्त ढलको व्यवस्था चाहियो । जनकपुरलाई धार्मिक एवं पर्यटकीय नगरी बनाउनका लागि सबैभन्दा पहिले सफाई र ढल अपरिहार्य छ । यहाँ ठाउँ ठाउँमा शौचालयको व्यवस्था छैन ।  खानेपानीको पाइप पनि विभिन्न स्थानमा एडिबीका कारण ठाउँ ठाउँमा कटिसकेको छ । त्यसलाई व्यवस्थापन गर्नु आवश्यक छ । जनकपुरको विकासका लागि यसको अन्तगृह परिक्रमा सडकलाई सुदृढ गरी आउटर रिंगरोड बनाउनु आवश्यक छ ।

जनकपुरलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्ने धेरै नै सम्भावना रहेको छ, यसका लागि तपाई संग केही खाका छ कि ?

जनकपुरमा जति पनि सरोवरहरु छन ती सबै सरोवरहरुलाई सफाई गरी त्यसलाई सफाई गरी त्यसलाई पर्यटकीय सूचीमा राख्नु पर्छ । विभिन्न स्थानमा पार्कहरुको निर्माण हुनु पर्यो । त्यस्तै नोचा पोखरीलाई ग्रीन पार्क एवं पिकनिक स्पटको रुपमा विकास हुनु जरुरी छ । यहाँ रोडवेज, रेलवेज र एयरवेज तीनैलाई विकास गर्नुपर्ने आवश्यक्ता छ । ५२ कुट्टीहरुलाई संरक्षण एवं सम्वद्र्धन गर्नेछु । जनकपुरको १५ दिने मिथिला मध्यमा परिक्रमामा पर्ने प्रत्येक वासालाई जनकपुरसंग सिधै जोर्ने प्रयास समेत गर्नेछौँ । र प्रत्येक वासालाई सुविधा सम्पन्न बनाउने तर्फ समेत ध्यान दिनेछौँ । जनकपुरमा रामायण सर्किटको निर्माणका लागि पनि पहल गर्नेछु ।

रामायण सर्किट के हो कतिजनालाई थाहापनि छैन, अलि स्पष्ट पारिदिनुस न रामायण सर्किटको विकास कसरी गर्नु हुन्छ ?

रामायण सर्किट भन्नाले जस्तै माता सीता फुल तोड्न जानु हुन्थ्यो, त्यो पनि गिरिजा स्थान कसरी जानु हुन्थ्यो, भगवान रामसंग कसरी भेट भयो त्यसको प्रचार प्रसार, जनकपुरको चारवटै कुनामा महादेवको वास छ , उत्तरपूर्व कुनामा कल्याणेश्र महादेव, पश्चिममा जलेश्वरनाथ, उत्तरपश्चिम कुनामा ध्रुवकुण्ड र उत्तरपूर्वको कुनामा शिवधनुष छ धनु्षाधाममा । ती स्थानहरुको प्रचार प्रसार हुनु पर्यो नी पर्यटकीय स्थलको रुपमा विकसित गर्नलाई । यो सबको विकास रामायाण सर्किटको विकास गरे मात्रै सम्भव हुन सक्छ ।

जनकपुरको कायापलट गर्न सक्ने अहिले एडिबीको काम चलिरहेको छ, यहाँ आरोप के लागिरहेको छ भने एडिबीको निर्माण कार्यको सबभन्दा ठूलो बाधक नेपाली कांग्रेस नै रहेको छ ?

यो विशुद्ध रुपमा झुठो र भ्रामक कुरा हो  र यो साबित पनि भईसकेको छ । हामीहरुले नै २०७३ साल वैशाख १ गतेबाट जब एडिबीको कार्य क्याम्पस चोकबाट शुरु भयो त्यतीबेला हामीहरुले त्यसको सबैभन्दा पहिले स्वागत गरेका थियौँ । अहिले ल्याण्ड फिल्ड साइटको लागि जुन भोइलमा जग्गा छनौट गरिएको छ त्यसका लागि नेपाली कांग्रेसले नै सबैभन्दा बढी कार्य गरेको छ । म त भन्छु एडिबी बचाउनमा नेपाली कांग्रेसकै सबभन्दा ठूलो हात रहेको छ ।

भ्रष्टाचार अहिले जनकपुरको लागि ठूलो समस्या रहेको छ त्यसलाई नियन्त्रण गर्न के गर्नु हुन्छ यदि तपाई मेयर हुनुभयो भने ?

भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफै शक्तिशाली र सक्षम छ । तथापि यदि म मेयर भएर आउँछु भने पक्कै पनि यसको नियन्त्रणमा काम गर्नेछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ