arrow

मैले पैसाका लागि राजनीति गरेको होइनः पौडेल

logo
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
ramchandra-daju-news-aa.jpeg

दमौली। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाका लागि राजनीति गर्नेहरुले देशलाई यो स्थितिमा पुर्‍याएको बताएका छन् ।  व्यास नगरपालिका–१४ स्थित जलजला खानेपानी आयोजनाको शुक्रबार उद्घाटन गर्दै नेता पौडेलले आफूले पैसाका लागि नभई समाजसेवाको भावनाले राजनीति गरेको स्पष्ट पारे  । गाउँमा निर्माण भएका यस्ता खानेपानी आयोजनाले ग्रामीण क्षेत्रका बासिन्दामा राहत पुग्ने पौडेलको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, काग्रेस तनहुँका सचिव विश्व बास्तोलालगायतले स्थानीय सरकार बनेपछि विकासले काँचुली फेर्दै गएको बताए ।  ७० लाखको लागतमा सम्पन्न खानेपानी आयोजनावाट २०१ घर धुरी लाभान्वित हुने बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ