arrow

दलदलमा फसेर गैँडा मर्‍यो

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार
gaida-final-final2.jpg.jpeg

रत्ननगर (चितवन) । चितवन राष्ट्रिय निकुञ्जको कछुवानी पोष्ट नजिकै दलदलमा फसेर आज एउटा गैँडा मरेको छ । दलदलमा फसेर अड्किएको अर्धवयस्क पोथी गैँडा आइतबार बिहान मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । 

शनिबार दलदलमा फसेको भेटिएपछि गैँडालाई हात्तीको सहायतामा निकालिएको थियो । दलदलमा अड्किएर शिथिल भइसकेका कारण गैँडालाई जोगाउन नसकिएको पाठकले बताए। साउन अन्तिम साता आएको बाढी पसेर दलदल बनेको स्थानमा गैँडा फसेको निकुञ्जले जनाएको छ । 

यही साउन २४ गते पनि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत इचर्नी पोस्ट नजिकै दुईवटा भाले गैँडा जुध्दा लडेर एउटा गैँडा मरेको थियो । गएको आवमा विभिन्न कारणले २५ वटा गैँडा मरेको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ