- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली काँग्रेसका उच्च तहका नेताहरु प्रदेश नं २ दौडाहामा जाने भएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेर बहादुर देउवा सहितका पार्टीका उच्च नेताहरुले विभिन्न मितिमा विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।
भदौ २७ गतेदेखि भदौ ३० गतेसम्म २ नं प्रदेशका विभिन्न जिल्लाहरुमा चुनावी सभा गर्नै तयारी भईरहेको नेपाली काँग्रेसले जनाएको छ । जस अनुसार भाद्र २७ गते सप्तरीको राजविराजमा दिनको १ वजे आमसभा गर्ने तयारी भईरहेको छ ।
त्यस्तै, सोही दिन अपराह्न ४ बजे सिरहाको जिरो माइल भन्ने ठाउँमा आयोजित आमसभालाई पनि सम्बोधन गर्ने तयारी भईरहेको नेपाली काँग्रेसले जनाएको छ । त्यसपछि टोलीले रात्री बसाईँ जनकपुरमा गर्ने तयारी गरिरहेको छ । भाद्र २८ गते दिउँसो धनुषाको जनकपुरमा दिनको १ बजे सोही प्रकृतिको आमसभा गर्ने तयारी भईरहेको छ ।
जनकपुरको आमसभा सकेर दिउँसो ३ बजे टोली महोत्तरीको बर्दिवास पुग्ने कार्यक्रम रहेको छ । दिउँसो ३ बजे त्यहाँको कार्यक्रम सकेर साँझ वर्दिवास, गौर, चन्द्रनिगाहपुर मध्ये कुनै स्थानमा बास बस्ने तयारीमा छन् । भाद्र २९ गते सर्लाहीको मलंगवामा दिनको १ बजे आमसभामा सहभागी हुँदै साँझ रौतहटको गौरमा दिनको ४ बजे आयोजना हुने आम सभामा सहभागी हुने भएका छन् ।
त्यस्तै, तेस्रोदिन काँग्रेसको टोली वीरगञ्जमा बसोबास गर्ने भएका छन् । भाद्र ३० गते अन्तिमदिन टोली वाराको कलैयामा दिनको १ बजेदेखि सुरु हुने आमसभामा र साँझ २ बजे पर्साको वीरगञ्जमा हुने आमसभामा सहभागी हुने कार्ययोजना रहेको नेपाली काँग्रेसद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।