arrow

सुजाता भन्छिन्, ' गुटगत राजनीतिबाट काँग्रेसलाई जोगाउन कोइराला परिवार एक ठाउँमा'

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ भदौ २५ आइतबार
Sujata_Koirala.jpg.jpeg

विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले  गुटगत राजनीतिबाट माथि उठाएर पार्टिलााई संगठित र सुद्धिढ बनाउन कोइराला परिवार एक ठाउँमा उभिएको वताएकी छन् ।  

आइतबार विराटनगरमा पत्रकारहरुसँग  कुराकानी गर्दे नेतृ कोइरालाले अहिले पार्टीलाई मिलाएर लैजानुको विकल्प नभएको भन्दै  अब कोइरालाहरु एक ठाउँमा उभिएर पार्टीलाई गोलबद्ध भएर अघि वढने बताइन् ।

 कोइराला परिवारका  शेखर,शशांक कोइराला र सुजाताको एकता कसैविरुद्ध नभई कांग्रेसलाई बलियो बनाउन एक ठाउमा उभिएको  दाबी उनको थियो ।
 
गुटगत राजनितिका कारण कांग्रेस कमजोर भएकाले गुटगत राजनितिको अन्त्यकाम लागी  कोइराला परिवार एक ठाउमा उभिएको उनले प्रष्ठ पारिन् ।  गिरिजावावुको पालादेखी नै हामि एक थियौ भन्नुहुदा हामि विचको एकताले पार्टीलाई थप वल पुर्‍याउने भएकाले शंखा नर्गन उनले आग्रह गरिन् ।

नेतृ कोइरालाले अब हुने संसदको चुनावमा आफू मोरङको क्षेत्र नम्बर २ बाट चुनाव लड्ने योजना रहेको पनि बताइन् । नेतृ कोइरालाले २ नम्बर प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले  टिकट वितरणमा एकलौटी गरेको आरोप पनि लगाइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ