arrow

पञ्चेश्वर परियोजनाको विरोधमा दिनहुँ पुत्ला जल्छ सीमावर्ती क्षेत्रमा   

logo
राम धामी,
प्रकाशित २०७४ भदौ २५ आइतबार
pancheswor_birodh.jpg

डडेल्धुरा । बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजना तत्काल रोक्न मागगर्दै भारतीय सिमावर्ती क्षेत्रमा दिनहु आन्दोलन भइरहेको छ । भारत सरकारले हिमालय बचाऔं अभियान सञ्चालन गरेका बेला सिमावर्ती भारतीय सहर झुलाघाटका बासिन्दाहरुले पञ्चेश्वर बाँध रोक्न दबाब दिदैं प्रदेश र केन्द्रीय सरकारको पुत्लादहन गरेर प्रदर्शन गरेका छन् । झुलाघाट क्षेत्र पश्चेश्वर बहुउद्देश्यीय परियोजनाको डुबान क्षेत्रमा पर्दछ । 

जल सरोकार क्षेत्रमा कृयासिल ‘महाकालीकी आवाज’ नामक संस्थाको आयोजनामा झुलाघाट मात्र होइन, डुबान क्षेत्रमा पर्ने सिमावर्ती भारतीय सहर र ग्रामीण क्षेत्रमा समेत पछिल्लो समय दिनहुजसो आन्दोलन भइरहेको आन्दोलनको अगुवाई गरिरहेको झुलाघाट ब्यापार संघका अध्यक्ष नीरज भट्टलाई उद्धृतगर्दै भारतीय सञ्चारमाध्यम अमरउजाला दैनिकले आफ्नो अनलाईन संस्करण अमरउजाला डटकममा जनाएको छ । महाकाली आवाज संस्थाको नेतृत्वमा पञ्चेश्वर बाँध तत्काल रोक्न मागगर्दैै दिनहुजसो आन्दोलन भइरहेको समाचारमा जनाइएको छ । 

भारत सरकारले आम नागरिकको ध्यान मोड्न ‘हिमालय बचाऔं अभियान’ सञ्चालन गरिरहेको र उल्टै पञ्चेश्वर बाँध निर्माण गरेर हिमालयको अस्तित्व संकटमा पार्ने काम भइरहेको भन्दै सिमावर्ती डुबान क्षेत्रका बासिन्दाहरुले सरकारको विरोध गरिरहेका हुन् । “पञ्चेश्वर बाँधका काम रुकवाऔं, फिर बचाऔं हिमालय’ भन्ने नाराका साथ दिनहुँजसो प्रदर्शन भइरहेको समाचारमा उल्लेख छ । 

व्यापार संघ अध्यक्ष भट्टले पञ्चेश्वर बाँध निर्माण गरिदा हिमालय क्षेत्रको संस्कृति, प्राकृतिक संपदा, जैवीक विविधता समाप्त हुने बताए । हिमालयको घाटिमा सदियौं देखि आजीविका चलाइरहेका समुदायलाई विस्थापित बनाइएमा संकट पैदा हुने उनले चेतावनी दिए । “यस्तो हिमालय बचाऔं अभियानको कुनै औचित्य छैन् ।” उनले भने । 

सिमावर्ती क्षेत्रका बासिन्दाहरुले एकतर्फ पञ्चेश्वरमा बाँध निर्माण गरेर बिनासाको तयारी भईरहेको र अर्कोतिर हिमालय बचाऔं भन्दै संरक्षणको नारा एकैपटक चल्न नसक्ने बताएका छन् । उनीहरुले पञ्चेश्वर बाँध निर्माणको विरोध जारी राख्ने बताएका छन्  । सिमावर्ती भारतीय क्षेत्रमा दिनहुजसो हुने पञ्चेश्वर बाँध विरोधी गतिविधीमा स्थानीय अगुवाहरु हरीश बिष्ट, मनोज जोशी, सुभाष पंगरिया, सुरेंद्र लुंठी, जनक चंद, नरेश महर, महेश राम र बलदेव सिंहलगायतले नेतृत्व गरिरहेको अमरउजाला डटकमले जनाएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको हालै सम्पन्न भारत भ्रमणका दौरान एक महिना भित्रै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर बनाएर पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको काम अघि बढाउने सहमति भएपछि भारतीय सिमावर्ती क्षेत्रमा विरोध प्रदर्शन शुरु भएको हो । 

टिहरी बाँध निर्माणका क्रममा भारत सरकारले स्थानीयलाई विस्थापित गरेपनि कुनै मुआब्वा नदिएको भन्दै स्थानीयले पुर्नस्थापना र उचित मुआब्जा नदिइएमा बाँध निर्माण कार्य बढन नदिने चेतावनीसमेत दिएको अमरउजाला डटकमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ