arrow

माओवादी केन्द्र पोखरा–लेखनाथ महानगर समितिको अध्यक्षमा लामिछाने

logo
प्रकाशित २०७४ भदौ २६ सोमबार
maobadi-kendra.jpg.png

पोखरा । नेकपा माओवादी केन्द्र प्रथम पोखरा–लेखनाथ महानगर सम्मेलनले विश्व प्रकाश लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
 
समितिको उपाध्यक्षमा गोमा ढकाल, सचिवमा विनय थापा र कोषाध्यक्षमा जनकराज पराजुलीलाई चयन गरेको छ । 

समितिको एक उपाध्यक्ष र दुई जना सदस्यपछि मनोनित गरिने सचिव विनय थापाले बताए । 

महानगरका ३३ वटै वडाबाट निर्वाचित ८०० प्रतिनिधि सम्मिलित सम्मेलन आइतबार साँझ सकिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ