arrow

सिराहामा काँग्रेसलाई पार्टी प्रवेश गराउनै भ्याईनभ्याई

logo
प्रकाशित २०७४ भदौ २६ सोमबार
congress_siraha1.jpg

सिरहा । सिरहा नगरपालिकामा आर्इतवार समाजसेवी, एमाले, संघीय समाजवादी फोरमलगायत दलबाट नेपाली काँग्रेसमा ५ सय भन्दा बढी प्रवेश गरेका छन् । 

सिरहा नगरपालिकाको वडा नम्बर २ मा भएको चुनावी सभामा काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीय कोषाध्यक्ष तथा पूर्वमन्त्री सितादेवी यादव तथा यस नगरका मेयर उम्मेदवार डा. सुभाष चन्द्र यादवले संयुक्त रुपमा नव प्रवेशीहरुलाई सदस्यता प्रदान गरेका छन् । उनीहरुलाई माला र अविर लगाई काँग्रेस पार्टीमा स्वागत गरेको छ ।

समाजसेवी तथा रेडक्रस सभापती राजदेव यादव, समाजसेवी सुखचन्द्र झा, पटेर्वाका पूर्व गाविस अध्यक्ष लटु यादवको नेतृत्वमा युवासहित ५ सय भन्दा बढी व्यक्ति काँग्रेस पार्टीमा प्रवेश गरेको नगरसभापती अशिषलाल यादवले बताए ।

विकास नचाहने पार्टी एमाले हो : शेखर कोइराला
काँग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइरालाले यो देशमा विकास नहचाहने पार्टी एमाले रहेको सिरहा नगरपालिकाको चुनावी सभाहरुमा बताएका छन् । उनले भने, २३ वर्ष अगाडी नेपाली काँग्रेसले विजुलीका लागि विश्व बैँकसँग सम्झौता नेकपा एमालेका तत्कालिन महासचिव माधवकुमार नेपालले विश्व बैँक सम्झौता नगर्न पार्टीबाट पत्र पठाए । विजुली बल्नबाट रोक्यो । जनता अन्धकारमा बस्न बाध्य भयो । 

समाजमा विकास नचाहने पार्टी एमालेको प्रवृति ठिक नरहेको उनले तर्क गरे । एमाले देशमा खोक्रो राष्ट्रवादको नारा दिएर मधेशीहरुको राष्ट्रियतामा माथि शंका गरेका छन् । होच्यार बोल्छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले उखान टुक्का भन्दै मधेशीलाई गाली गर्दै आएका कुरा सबैलाई थाहै छ । केपी ओली कहिले पनि मधेशलाई अधिकार सम्पन्न देख्न चाहदैन् । नेपाली काँग्रेसले मधेशको अधिकारको पक्षमा संविधान संसोधनको पक्षमा मतदान गरे तर एमाले विपक्षमा ।

मेरो उम्मेदवारी किन ? - डा.सुभाष चन्द्र यादव
चुनावी सभामा बोल्दै काँग्रेस मेयर उम्मेदवार डा.सुभाष चन्द्रले यादवले भने यस नगरपालिकाकालाई शान्त, समृद्ध र समुन्नत समाज बनाउन मेरो उम्मेदवारी हो । भ्रष्टाचारले नगर थलिएको छ । यसबाट बचाउन आफु अभियान थालनी गर्ने उनले उद्दघोष गरेका छन् । 

आफु सधैँ भ्रष्टाचार हटाउने पक्षमा रहको उनले बताए । आफु पनि नगर्ने र अरुलाई भ्रष्टाचार गर्नबाट रोक्न अभियान चलाउने काँग्रेस मेयर उम्मेदवार डा. यादवले भने, ‘म १३ वर्ष देखि काँग्रेस महासमिति सदस्य हुँदै आएको छु । शिक्षा हिसाबले म डाक्टर सम्म अध्ययन गरेको छु । तर,  सधैँ राजनीतिमा बसे । समाजलाई सेवा गरे । कहिले व्यवसाय गरिन् । जसले व्यवसाय गर्छ । उ नाफा र घाटा खोज्छ । त्यस व्यक्तिले देश, समाज, नगरको विकास चाहदैन् र गर्न पनि सक्दैन् । त्यसैले यही मौका छ  । व्यक्तिहरुलाई पहचान गर्ने को राजनीतिमा छ र को व्यवसायीमा । 

अहिले प्राविधिक शिक्षाको सहज पहुँच यस नगरका युवाहरुलाई नभएको कारणले दिनदिनै विदेश जानु परेको छ । उनीहरुलाई सिपमुलक , आयमुलक तालिम व्यवस्था गरी रोजगारीमा लगाउने काँग्रेस मेयर उम्मेदवार डा. यादवले बताए ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ