arrow

एनआरएनए नेतृत्वका लागि तीन प्रतिस्पर्धी, दुई उपाध्यक्षमा ६ जनाको भिडन्त

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
7240333.jpeg

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नयाँ नेतृत्वका लागि तीन प्रत्यासी देखिएका छन् ।

काठमाडौंमा बुधबार बाट सुरु भएको साताै‌ अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन हुँदैछ । अध्यक्षमा वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टिबी कार्की र पूर्व महासचिव रतनकुमार झाले उम्मदवारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार दुई उपाध्यक्षका लागि ६ जना प्रतिस्पर्धी छन् ।  वर्तमान उपाध्यक्ष भुवन भट्ट, कुमार पन्त, लक्ष्यबहादुर गुरुङ, खगेन्द्र जिसी, नरेन्द्रबहादुर भाट, शमशेरसिंह थापा चुनावी मैदानमा छन् ।

महासचिव पदका लागि डा बद्री केसी, पुष्पराज तिमल्सिना, पुष्प थापा र रञ्जु थापा तथा सचिव पदमा अर्जुनकुमार श्रेष्ठ, धरम केसी, गणेश केसी र सुरेन्द्रबहादुर श्रेष्ठको उम्मेदवारी परेको छ ।

कोषाध्यक्ष पदमा भैरवप्रसाद ढकाल, चिरञ्जीवी थापा, हिक्मतबहादुर थापा, राजेन्द्र शिवाकोटी र यमकुमार गुरुङको उम्मेदवारी छ । अध्यक्ष पदको सहमतिका लागि प्रयास भइरहेको र आज दिउँसो १ बजे अघि सम्म सहमति नभए निर्वाचन प्रक्रिया सुरु हुने छ ।

अधिवेशनको उद्घाटन सत्रमा एनआरएनए संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, वर्तमान अध्यक्ष शेष घले, निर्वतमान अध्यक्ष जिवा लामिछाने र पूर्व अध्यक्ष देवमान हिराचनले संयुक्त रुपमा उद्घाटन गर्दै सकेसम्म नेतृत्व सर्वसम्मत हुनुपर्नेमा जोड दिए ।

सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता छ । यही असोज ३० गते काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन सकिने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ