मन्त्रिपरिषद् निर्णय : चुनावका दिन प्रदेश २ मा सार्वजनिक विदा, ५ दिन स्कुल बन्द
प्रधानमन्त्री देउवाको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्य नियुक्त
प्रकाशित २०७४ भदौ २६ सोमबार
251
Shares
काठमाडौं । सरकारले स्थानीय तहको तेस्रो चरणको चुनावका दिन २ नम्बर प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ असोज २ गते चुनावका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
शिक्षण संस्थाहरुमा भने पाँच दिन विदा हुनेछ । शिक्षण स्ंस्थामा भदौ ३० गतेदेखि असोज ३ गतेसम्म विदा दिने सरकारले निर्णय गरेको छ ।
अधिकांश मतदान केन्द्र विद्यालयहरुमा राखिएकाले ति विद्यालयहरुमा विदा दिन आयोगले सरकारलाई अनुरोध गरेको थियो ।
निर्वाचान आयोगले यसअघि निर्वाचन हुने प्रदेशमा ५ दिन शिक्षण संस्था बन्द गर्न अनुरोध गरेकाले विदा दिने निर्णय गरेको सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए ।
त्यस्तै, बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्य नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले बाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समतिको अध्यक्षमा नरेन्द्र राज बस्नेतलाई नियुक्त गरेको छ ।
त्यस्तै, मन्त्रिपरिषद बैठकले भूकम्पपछिको पुनःनिर्माणका लागि विश्व बैंकले दाताको संयुक्त कोषबाट उपलब्ध गराएको १ अरब ५ करोड रुपिँया स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री बस्नेतले जानकारी दिएका छन् ।