arrow

विद्युत प्राधिकरणका पूर्व महाप्रबन्धकविरुद्ध झण्डै ३ करोड भ्रष्टाचारको मुद्दा

छोरा, छोरी र श्रीमतीका नाममा सम्पत्ति लुकाएको आरोप

logo
प्रकाशित २०७४ भदौ २६ सोमबार
CIAA_20120418084007.jpg.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआले नेपाल विद्युत प्राधिकरण, उत्पादन सञ्चालन तथा सम्भार विभागका पूर्व महाप्रबन्धक  महेन्द्रलाल श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

पदमा रहँदा श्रेष्ठले दुई करोड ८८ लाख ८२ हजार आठ सय ९१ रुपिँया    भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

श्रेष्ठले पदमा रहँदा मर्यादा विपरीत आन्दानीको बाटो स्पष्ट नहुने गरी अकुत सम्पत्ति आर्जन गरेको भनि अख्तियारमा उजुरी दर्ता भएको थियो । श्रेष्ठ नेपाल विद्युत प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको सहायक–ईन्जिनियरका रुपमा २०३६ सालमा नियुक्त भएका थिए । बढुवा भई महाप्रबन्धकसम्म पुगेका उनी प्राधिकरणको कायम मुकायम कार्यकारी निर्देशक समेत भए । श्रेष्ठ २०७० सालमा सेवानिवृत्त भएका हुन् ।

श्रेष्ठको आम्दानीको विवरण र आफु, आफ्नो परिवारका सदस्यको नाममा किनेको तथा लगानी गरेको चल–अचल सम्पत्तिबारेका विवरणको छानविन गर्दा उनले भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ ।

श्रेष्ठले आय आर्जन गरेको वैध आयको तुलनामा दुई करोड ८८ लाख ८२ हजार आठ सय ९१ बराबरको सम्पत्ति आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानूनीरुपबाट आर्जन गरेको पुष्टी हुन आएको अख्तियारको जिकिर छ ।
उनीबाट दुई करोड ८८ लाख ८२ हजार आठ सय ९१ बिगो माग गरिएको छ ।  भ्रष्टाचार निवारण ऐन अनुसार थप कैद सजायसहितको माग समेत अख्तियारले रिट निवेदनमा गरेको छ ।

श्रेष्ठले भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको, स्रोत नखुलेको चल–अचल सम्पत्ति श्रीमती करुणादेवी कर्माचार्य श्रेष्ठ, छोरा कमलेन्द्र लाल श्रेष्ठ र छोरी प्रेरणा श्रेष्ठको नाममा लुकाएर राखेको पाइएकोले जफत गर्न समेत आरोप पत्रमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ