arrow

प्रतिनिधि सभा निर्वाचनको कार्यक्रम सार्वजनिक, कहिले पर्‍यो मनोनयन ? (पूर्णपाठ) 

logo
प्रकाशित २०७४ भदौ २६ सोमबार

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको आयोगको बैठकले आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन कार्यक्रम स्वीक्रृत गरेको छ । साथै, बैठकले उक्त निर्वाचनको लागि २०७४ मंसिर १० गते आइतबार र २०७४ मंसिर २१ गते बिहीबारको दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णय समेत गरेको छ । 

आयोगबाट स्वीकृत कार्यतालिका बमोजिम समानुपातिक निर्वाचन प्रणालीका लागि भदौ २४ गतेबाट र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको पहिलो चरणका लागि कार्तिक ५ गतेदेखि कार्तिक ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि २०७४ साल कार्तिक १६ गतेदेखि कार्तिक १९ गतेसम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

आयोगबाट स्वीकृत प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको २०७४ मंसिर १० र २१ गते हुने निर्वाचन कार्यक्रम यसै साथ संलग्न छ ।
Image may contain: text

No automatic alt text available.

Image may contain: text

No automatic alt text available.

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ