स्याङजा । स्याङ्जाको गल्याङ नगरपालिकामा दाजुले भाईलाई अपहरण गरी ३५ लाख फिरौती रकमको माग गर्दै कुटपिट गरी घाइते बनाएका छन् । दाई पर्नेलाई अपहरण गरी फिरौती माग्ने अपहरणकारी भाई सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुटवल उपमहानगरपालिका ५ बस्ने ३८ वर्षिय जनुरद्दिन मियाँलाई अपहरण गरी फिरौती माग्ने उनका भाई पर्ने मोहबिनदिन मियाँ सहित ३ जनालाई स्याङ्जाको गल्याङ प्रहरीले प्रक्राउ गरेको हो । जनुरद्दिनलाई अपहरण गरी ३५ लाख फिरौती रकमको माग्दै कुटपिट गर्ने मोहबिनदिन कान्छा बुवाको छोरा भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गल्याङ् नगरपालिका वडा नं. २ का ४० वर्षिय मोबिनद्दिन मियाँसँगै कालीगण्डकी गाउँपालिका ६ का २४ वर्षिय सुन्दरप्रसाद अधिकारी, २७ का सन्तोष श्रेष्ठ रहेकाछन् । अपहरणकारीले चप्पल तथा जुत्ता ब्यापारी मियाँलाई अपहरणगरी, फिरौती माग्दै कुटपिट गरि घाइते बनाएका थिए । घाईते भएका जनुरद्दिन मियाले आफ्नो स्वास्थ्य खराव भएको र अस्पताल पुर्याएर औषधी सेवन गर्न आग्रह गर्दै उपचारपछि मागेको रकम दिने बताएपछि अपहरणकारीले नै गल्याङ सामुदायिक अस्पतालमा उपचारको लागी लगेको थिए ।
घाइते अवस्थामा रहेका जनुरद्दिन मियाँले चिकित्सकलाई आफुलाई अपहरणमा परि कुटपिट गरी घाइते वनाएको भन्दै प्रहरीलाई खवर गरीदिनका लागि कागजमा लेखेर अनुरोध गरेका थिए । पिडित जनुरद्दिनले अपरणकारीको आखाँ छली नर्शको पेन गोप्य रुपमा मागेर शौचालय गई लेखेको कागज चिकित्सकलाई दिए पछि अस्पतालले प्रहरीलाई खवर गरेको खुल्न आएको छ । कुटपिटवाट गम्भिर घााइते भएका मियाँले अस्पतालमा लैजान आग्रह गर्दै फिरौती रकम दिन्छु भने पछिमात्र अपहरणकारीले उपचारका लागि अस्पताल लगेको मियाको भनार्इ छ ।
अस्पतालको सूचनाको आधारमा गल्याङ अस्पतालबाट मियाँलाई अपहरण मुक्तगरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ । प्रहरीले पिडित मियाको बा. ८ च. ३५६२ नं. को कार र उनकै कारभित्र अपहरणकारीको कालो झोलाभित्र ३ वटा खुकुरी, कालो रङको फलामको पन्चिङ १ थान, ड्रिल मेसिनको ड्रिप जस्तो देखिने फलामको ६ ईन्च लम्बाईको ड्रिप १ थान फेला परेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरीनिरिक्षक चिन कपुर गुरुङ्ले जानकारी दिए ।
अपहराणकारीलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा सुन्दरप्रसाद अधिकारीको मोबाईलमा घाईते जनुरदिन मियालाई अपहरण गरी बन्दक बनाई बाँधी कुटपिट गरी फिरौती माग गरेको भिडियो रेकर्ड फेला परेको प्रहरीले जनाएको छ । अपरहणकारीले प्रयोग गरेका लु. १७ प. ९४३१ नं साईन, र लु. २२ प. १४१२ नं. को पल्सर मोटर साईकलहरु समेत प्रहरी नियन्त्रणमा छ । पीडित पक्षले घटना सम्बन्धमा शरिर अपहरण, बन्दक तथा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेपछि पक्राउ परेका तिनै जनालाई अदालतबाट म्याद थपगरि थप अनुसन्धान शुरु गरेको वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाले जनाएको छ । यस विषयमा प्रहरीले अनुसन्धान भएकाले अपहरणकारीलाई सार्वजनिक गरेको छैन ।