arrow

भावुक विज्ञप्ती जारी गर्दै नवराज सिलवालले पद छाड्ने घोषणा गरे (विज्ञप्ती सहित)

logo
प्रकाशित २०७४ भदौ २७ मंगलबार
Screenshot-silwal-g.png

काठमाडौ । नेपाल प्रहरीका डिआईजी नवराज सिलवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । मंगलबार सर्वाेच्च अदालतले उनले आफू अन्यायमा परेको भनी दायर गरेको रिट खारेज गरेसँगै उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । 

दुई पृष्ठ लामो विज्ञप्तीमा उनले आफूले सेवामा हुँदासम्म जनताको पक्षमा उच्च व्यवसायिकताको पक्षमा रही काम गरेको भन्दै आफूले न्याय नपाएपनि प्रहरी अधिकृतहरुलाई हतोत्साहित नभई काम गर्न आग्रह पनि गरेका छन् । सिलवालले आफूलाई प्रहरी महानिरीक्षक बनाउन भन्दै हालेको रिट सर्वोच्च अदालतको वृहद् पूर्ण इजलासले खारेज गरिदिएको थियो ।

सर्वोच्चको यो फैसलासँगै  प्रकाश अर्याललाई आइजी बनाउन सरकारले गरेको निर्णय सदर भएको छ । अदालतले अर्यालको नियुक्ति कानुनसम्मत भएको र यो रिटमा अर्को आदेश जरुरी नदेखिएको भनेको छ । यस्तै, कार्यसम्पादन मूल्याङ्कनमा प्रकाश अर्याल नै नवराज सिलवालभन्दा अघि देखिएको फैसलामा उल्लेख छ । यसअघिको फैसलामा भने सिलवाल अघि रहेको उल्लेख थियो ।

यो फैसलामा अर्यालको कार्यसम्पादन मूल्याङ्कन नम्बर ५४।२ छ, भने सिलवालको ५२।४ मात्र छ । पूर्व प्रहरी महानिरीक्षक र कानुनका जानकारहरु प्रहरी प्रमुख बनाउँदा कार्यसम्पादन मुल्याङ्कनको कुनै अर्थ नहुने बताउँछन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय वृहत् पूर्ण इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । बृहत् पूर्ण इजलासमा पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी थिए ।

Image may contain: text

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ