arrow

काँग्रेसले विकासलाई द्रुतगतिमा अघि बढाएको छ : पौडेल

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
ram_chandra.jpg

महोत्तरी ।  नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले संविधान जारी भइसको अवस्थामा विकास र समृद्धिको अभियानलाई सफल बनाउन जनसमुदायलाई आग्रह गरेका छन् ।  महोत्तरीको जलेश्वरमा  बुधबार ओयाजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले अव नेपाली काँग्रेस विकास कार्यलाई द्रुतगतिमा अघि बढाएको बताए ।

 नेता पौडेलले संघीय संरचनामा देश गइसकेकोले भ्रष्टाचार मुक्त बनाउनुपर्नेमा जोड दिए  । जनतालाई  सेवा प्रदान गर्न गाँउ गाँउमा सिंहदरवार पुगेको उनको भनाई थियो । अर्को प्रसंगमा नेता पौडेलले भने अन्य पार्टिले समस्या मात्र राख्ने तर काँग्रेस समाधान गर्ने पार्टी भएको बताए  ।

 नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्र कुमार रायको सभापतित्वमा सम्पन्न भएको सो चुनावी सभामा महामन्त्री शशांक कोइराला, रामचन्द्र तिवारी, वजरंग नेपाली लगायतका वक्ताहरुले आफ्नो कुरा राखेका थिए । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता र चुनावी मैदानमा उत्रेका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ