पशु प्राबिधिक संग सिमेन अभाव हुँदा पशुपालन ब्यबसायमा लागेका कृषक मर्कामा !
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ भदौ २९ बिहिबार
526
Shares
पुनर्वास । कृत्रिम गर्भाधानका लागि सिमेन सुरक्षित पार्न आबश्यक नाइट्रोजन ग्यास खरिद गर्न बजेट अभावका कारण सेवा ठप्प हुँदा पुनर्बासमा पशु नश्ल सुधार कार्यक्रम नराम्ररी प्रभावित बन्दा दुग्ध उत्पादनमा कमी आउने देखिए पछि कृषक मर्कामा परेका छन् । सिमेन अभावले पुनर्वासमा फस्टाउदै गएको पशु नश्ल सुधार कार्यक्रम यति बेला थला परेको छ । समयमा पशुको गर्भाधान गराउन नसक्दा पशुपालक कृषकहरुमा निराशा छाएको छ ।
संघीय संरचना अनुसार कृषि तथा पशु कार्यालयका कार्यक्रम समेत स्थानिय निकायमा गाभिए पछि सेवालाई प्रभावकारी बनाउन अन्यौल हुँदा पशु नश्ल सुधार कार्यक्रम पनि सहज हुन सकेको छैन । बिनियोजित बजेट स्थानिय निकायले समयमा निकासा गर्न नसक्दा पशु पालन ब्यबसायमा लागेका कृषकले सास्ती खेप्नु परेको हो । झण्डै एक महिना देखि कृत्रिम गर्भाधानका लागि आबश्यक सिमेन अभाव रहेको पुनर्वासका पशु प्रबिधिक भोगाराम रानाले बताए ।
दिनमा झन्डै आधा जर्जन किसानका फोन आउछन तर सिमेन नहुँदा सेवा दिन नसकिएको पशु प्राबिधिक रानाले बताए ।व्यावसायिक पशु पालनमा लागेका पुनर्वास ६ का कृषक सोमराज बराल भन्छन् "पशुलाई चाहिएको बेलामा कृत्रिम गर्भाधानको प्रबिधी प्रभावकारी हुन नपाउदा कृषकहरूलाई मर्का परेको छ ।सफल बनेको पशु नश्ल सुधार कार्यक्रममा अहिले देखिएको समस्या हल गर्न स्थानीय निकायले अबिलम्ब पहल थाल्नु पर्छ।" कृषक बराल भन्छन् ''पशु नश्ल सुधार कार्यक्रमलाई सहज र प्रभाकारी बनाउन आबश्यक बजेटको चाँजोपाँजो मिलाउन नगरपालिकाले पहल थाल्नु पर्छ ।''
आबश्यक प्रबिधि ,उपकरण र सामाग्रीको अभावले थला परेको जिल्लाको पुर्वी सिमान्त क्षेत्र पुनर्वासका किसानहरुले अबिलम्ब सेवा सहज,प्रभावकारी र सर्बसुलभ बनाउन सम्बन्धित निकायले अबिलम्ब पहल गर्नु पर्ने माग गरेका छन् ।बिगत ३ वर्ष देखि व्यावसायिक रुपमा गाई पालन ब्यबसाय गर्दै आएका पुनर्वास ६ का कृषक बिष्णुप्रसाद अर्याल भन्छन् "पुनर्वासमा एक महिना देखि देखिएको सिमेन अभाव बाट कृषक मर्कामा परेका छन् सरकारी कार्यक्रम नै प्रभावित हुने गरि देखिएको अभावको समस्या समाधान गर्न सम्बन्धित निकायहरुको पहल हुनुपर्छ " उनी भन्छन सिमेन अभाव बाट दुग्ध उत्पादनमा ह्रास आउने देखिएको छ ।
पुनर्वासमा पशु प्राबिधिकहरुले सिमेन अभाव भएको बताई रहँदा पुनर्वास स्थित पशु सेवा कार्यालय प्रमुख मानबहादुर केसी भन्छन " पुनर्वासमा सिमेन नभई नाइट्रोजन ग्यासको अभावले सेवा सर्बसुलभ हुन नसकेको हो । सिमेनको अभाव होइन तर त्यसलाई सुरक्षित पार्न अति आबश्यक नाइट्रोजन ग्याँस हुन नसक्दा सेवा प्रभावकारी हुन नसकेको हो ।
पशु सेवा कार्यालयलाई स्थानिय निकायमा गाभिए पछि ब्यबस्थापनमा भएको ढिलाइका कारण चालू आर्थिक वर्षको बिनियिजित बजेट निकासा हुन नसक्दा समस्या देखिएको हो ।" पुनर्वासमा देखिएको सिमेन अभाव र ब्यबस्थापनका बारे पुनर्वास नगरपालिका कि उप मेयर शारदा बिष्ट धामी भन्छिन् " धेरै निकायहरु स्थानिय निकायमा गाभिए पछि नगरपालिकामा भएका न्यून कर्मचारी र कामको बोझ बढी भएकाले ब्यबस्थापन गर्न भएको ढिलाइ बाट समस्या देखिएको हो ।
आवस्यक प्रकृया र चाँजोपाँजो मिलाउनु पर्ने भएकाले चालू आर्थिक वर्षको बिनियोजित बजेट निकासा हुन नसकेकोले कृषकहरुलाई सास्ती भएको हो । नगरपालिकाले अब तुरुन्त बजेट निकासाको प्रकिया थाल्ने छ । "बिगत केही वर्ष देखि पुनर्वासमा मौलाएको ब्यबसायिक पशु पालन ब्यबसाय यस क्षेत्रको आर्थिक समृद्धिको भर पर्दो साधन देखिएको छ ।
जिल्लाको पुर्वी सिमान्त यस क्षेत्रमा पशु पालनमा लागेका कृषकहरुको पहलमा १३ वटा गाई पालन फर्म समेत सञ्चालनमा आई दुग्ध उत्पादनमा राष्ट्रलाई समृद्ध बनाउन लागि परेको भए पनि सम्बन्धित निकायले सर्बसुलभ सेवा दिन नसक्दा यहाँका कृषक जोखिम सहन बाध्य बनेका छन ।न्यून जनशक्ति र श्रोत साधनको भरमा स्थापित पशु सेवा कार्यालयलाई श्रोत साधन सम्पन्न बनाउन सम्बन्धित निकायको ध्यान जान नसक्दा सेवा प्रभावकारी बन्न नसक्दा सम्म सरोकारवाला मौन रहेकाछन ।