arrow

स्थानीय तहको सबै ठांउमा कांग्रेस अगाडि : श्रम मन्त्री मंसुर

logo
प्रकाशित २०७४ भदौ २९ बिहिबार
farmullah_mansoor_3.jpg

कलैया । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले प्रदेश नं. २ को सबै स्थानीय तहमा नेपाली कांग्रेस अगाडि रहेको बताएका छन् । रिपोर्टर्स क्लबले बाराको कलैयामा आयोजना गरेको बृहत साक्षात्कार कार्यक्रममा श्रम मन्त्री मंसुरले तेस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेस विजयी हुदै पहिलो पार्टी बन्ने ठोकुवा गर्नु भएको छ ।

उनले भने उत्साह पुर्ण भईरहेको निर्वाचनमा जनता कांग्रेसमय भएको र बढी भन्दा सिटमा विजयी बनाई पहिलो पार्टी बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेसले जनताको प्रतिनिधित्व गर्दै मधेसी, मुस्लिम, दलित, जनजाती, महिला, पिछडिएकाहरुको लागि गरेको कामले गर्दा जनताहरु कांग्रेसमय भएको स्पष्ट पारे। उनले प्रदेश नम्बर २ मा नेपाली कांग्रेस एक सय भन्दा बढी स्थानीय तहमा जितेर पहिलो पार्टी बन्ने दाबी गर्दै असोज २ गतेको स्थानीय तहमा अत्यधिक जनता सहभागी हुने दाबी र धाधली रहित शान्तिपुर्ण तरीकाले सम्पन्न हुने समेत दाबी गरे।

मधेसी जनताहरु एक ईन्च भुमिको लागि आफनो ज्यानको आहुती दिएको बेलामा नेकपा एमालेले मधेसी जनताहरुमा राष्ट्रियता नै नभएको, मधेसी काला भएको भन्दै जहिले पनि फांटो ल्याउने काम गरेको श्रम मन्त्री मंसुरले बताए । मधेसी समुदायलाई  अपमान गर्ने एमाले र पहाडी समुदायको अपमान गर्ने मधेशवादी दल अतिवादी भएको आरोप लगाए । मधेसी र पहाडी समुदाय बिचको एकतालाई एमालेका नेताहरुले तोडदै फांटो ल्याउने काम गरेको तर नेपाली कांग्रेसले त्यसको पुलको काम गरी जोडेको बताए ।

 निर्वाचन आयोगले निष्पक्ष ढंगले प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन गराउने बताए  । उनले प्रधानमन्त्री र विभिन्न मन्त्रीहरु पार्टीको नेताको हैसियतमा प्रदेश नम्बर २ मा गएकोले निर्वाचन आचारसंहिताको उल्लंघन नभएको दाबी गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ