arrow

स्याङ्जामा तीन दिन संविधान दिवस मनाउने तयारी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
Naya-Sambidhan.jpg.jpeg

स्याङ्जा। सविधान दिवस असोज २, ३ र ४ गते भब्य रुपमा मनाउन स्याङ्जामा तयारी गरिएको छ। जिल्ला समन्य समिति स्याङ्जाले आयोजना गरेको भेलामा संविधान दिवस मनाउने बारेमा निर्णय गरिएको हो। आगामी असोज ३ गतेको सविधान दिवसमनाउन जिल्ला समन्वय समिति प्रमुख सिता कुमारी सुन्दासको संयोजकत्वमा १ सय १ सदस्यिय मुल समारोह समिति गठन गरिएको हो। जनप्रतिनिधी, कार्यालय प्रमुख, सेना, प्रहरी, पत्रकार, नगरिक समाज, उद्योग बाणिज्य संघका प्रतिनिधीको भेलाले दिवस भब्य रुपमा मनाउने निर्णय सहित समिति गठन गरेको हो। भेलाले असोज २ गते कर्मचारी —११ र राजनैतिक दल —११ बिच मैत्रिपर्ण फुटबल, असोज ३ गते प्रभातफेरी र असोज ४ गते रेडियो सम्बाद कार्यक्रम गर्ने निर्णय गरेको छ।
 
भेलाले समन्वय समिति उप प्रमुख दिलीप कुमार बगालेको संयोजकत्वमा ५, सदस्यि कार्यक्रम तयारी उपसमिति बनाएको छ। त्यस्तै मैत्रिपुर्ण फुटबल गर्नका लागि कर्मचारी मिलन केन्द्रका प्रमुख जयराज पौडेलको अध्यक्षतामा ५ सदस्यि खेलकुद उपसमिति गठन गरेको छ। तोकिएका तिनै दिन जिल्ला भरका सबै घरमा मैन बत्ति बालि सविधान दिवस मनाउन मुल समारोह समिति संयोजक सुन्दासले आगह गरेकी छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ