सिडिओकै छिमेकी घरमा सरकारी कर्मचारीको जुवा धन्दा, समाउने कोही भएनन्
रामचन्द्र रायमाझी
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
578
Shares
पाल्पा । केही दिन अगाडि तानसेन नगरपालिका ९ दमकडाबाट सुराकीको आधारमा प्रहरीले १२ जनालाई जुवाको खेलबाट पक्राउ गरी आवश्यक कानुनी कार्वाहीको प्रक्रिया अगाडि बढायो । तर नेपाल प्रहरीको यो कार्यप्रति ठूलालाई चयन, सानालाई ऐन भने जस्तै भएको छ ।
प्रमुख जिल्ला अधिकारीको निवास र जिल्ला प्रहरी कार्यालय नजिकै सुरक्षा समितिको सदस्यको निवासमा दिनहुँ दुई बजेपछि ब्यवसायिक जुवाको खेल हुँदापनि प्रहरी बेखबर भैदिँदा ठूलालाई चैन सानालाई ऐन जस्तै भएको छ ।
प्रमुख जिल्ला अधिकारीको निवास भन्दा तल्लो घरमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुखले दैनिक दुई बजे पछि आफु मातहतका कर्मचारीहरुसँग जुवामा व्यस्त हुँदा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक मौन रहँदा यो विषय रहस्यमय बनेको छ । राष्ट्रिय अनुसन्धानका डिएसपी नै जुवामा ब्यस्त हुँदा राज्यले दैनिक कार्य सम्पादन गर्न दिएको जिम्मेवारी समेत पुरा हुन नसकेको कार्यालयकै एक कर्मचारीले बताए ।