arrow

विकास र समृद्धिको अभियान कांग्रेस कै नेतृत्वमा : पौडेल

logo
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
poudel1.jpg

वीरगञ्ज (पर्सा)। नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीको स्थापना र स्थायित्वको नेतृत्व गरेको नेपाली कांग्रेसले आर्थिक विकास र समृद्धिको पनि नेतृत्व गर्ने बताएका छन् ।
 
पर्साको पोखरीयामा शुक्रवार आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले नेपालका विभिन्न कालखण्डमा देशबाट जहाँनिया शासक राणादेखि लिएर राजालाई समेत हटाई मुलुकमा लोकतन्त्र ल्याउनका लागि ऐतिहासिक आन्दोलनको नेतृत्व नेपाली काँग्रेसले गरेको र काँग्रेसका कारणले लोकतान्त्रिक पद्धति स्थापित भएको दाबी गरे ।

उनले देशको विकासका लागि काँग्रेसको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै विकास र समृद्धिको परिकल्पना र कार्यक्रम नेपाली कांग्रेससंग मात्र भएकोले यस अभियानको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने बताए  ।उनले सबैको मुहारमा खुशी ल्याउनका लागि स्थानिय निकायमा नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउनु पर्ने जिकिर पनि गरे ।
 
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा साँसद राजेन्द्रबहादुर अमात्य, नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, पूर्व जिल्ला सभापति तथा नेपाली कांग्रेसका नेता जनार्दन सिँह क्षेत्री, नेताहरु रामेश्वर रौनियार, श्याम पोखरेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ