arrow

'कांग्रेस हाँस हो ठूलो अण्डा दिएर पनि चुपचाप बस्छ, तर एमाले कुखुरा हो सानो अण्डा पार्छ ठुलो हल्ला गर्छ '

logo
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
uml-anda.jpg

काठमाडौं ।  बाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले कांग्रेस सरकारमा आएपछि दातृ राष्ट्र तथा विकास साझेदारहरुले नेपालको आर्थिक विकास धमाधम सहयोग बढाउन थालेको बताएका छन् । कांग्रेसको नेतृत्वमा सरकार बनेपछि विश्वका धनी राष्ट्रहरु तथा विश्व बैङ्क, आईएमएफ, एसियाली विकास बैंक, युएस एड, जाइका लगायत विकास साझेदारहरुले सहयोग बढाउन थालेको उनले बताएका हुन् ।

‘कांग्रेस सरकारमा आयो की विकास हुन्छ भन्ने भनाई त्यसै भनिएको होइन,’काभ्रेको दोलालघाटमा आयोजित एक कार्यक्रममा उनले भने, ‘सबैले नेपाललाई भटाभट सहयोग गर्न थालेका छन् ।’कांग्रेसले अर्थमन्त्रालय सम्हाल्नासाथ अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँ अनुदान सहयोग गरेको बताए । ‘अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले न्यूयोर्क पुगेर उक्त अनुदान सम्झौतामा हस्ताक्षर गर्नुभएको छ,’ उनले भने ।

आफूले वाणिज्य मन्त्रालय सम्हालेपछि अमेरिकासँग रहेको नेपालको व्यापार घाटा अन्त्य भएको बताए । अमेरिकाको कार्यबाहक राजदुतसँग अमेरिकी बजारमा नेपालको उत्पादनलाई बजार दिने विषयमा छलफल भइरहेको उनले बताए । नेपालले भारत र चीन निर्यात गर्ने भन्दा राम्रो मूल्यमा आफ्ना उत्पादनहरु अमेरिकी बजारमा निर्यात गर्न सक्ने उनले बताए ।

‘हामीले एउटा कार्पेट भारतीय र चिनियाँ  बजारमा १० हजार रुपैयाँमा बेच्न सक्छौं भने त्यही कार्पेट अमेरिकीबजारमा ५ सय डलरमा बेच्न सक्छौं, जुन ५२ हजार रुपैयाँ बराबर हुन्छ,’ उनले भने, ‘अमेरिकासँगको निर्यात व्यापार बढाउन सके हामीले हाम्रो व्यापार घाटालाई स्वभाविक रुपमै कमगर्न सक्छौं । म बाणिज्य मन्त्री भइसकेपछि नेपाल र अमेरिकाबीचको व्यापार नाफा पुगेको छ । भारत र चीनसँगभन्दा अमेरिकासँगको व्यापार को व्यापार घाटा कसरी कम गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’  राजनीतिक प्रसङ्गम ाउनले बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादबाट आकर्षित भएर नै आफू एमाले छोडेर कांग्रेसमाप्रवेश गरेको उनले बताए ।

‘बीपीको प्रजातान्त्रिक समाजवादको मान्यता के छ भने राजनीतिमा स्वतन्त्रा हुनुपर्छ,’उनले भने, ‘धनीलाई लगानीगर्ने अवसर दिनुपर्छ, गरिबलाई सामाजिक सुरक्षाको सुनिश्चितता दिनुपर्छ । त्यो भनेको बेरोजगार भत्ता, औषधीउपचार खर्च, न्युनतमआवासको व्यवस्था, न्युनतमज्यालातोक्ने व्यावस्था, खाद्यन्नको सुरक्षाशिक्षाको सुनिश्चितता, र ज्येष्ठ नागरिकको भत्ता यो व्यबस्था सबै समाजवादले गर्दो रहेछ।’ मदन भण्डारी, कमलथापा, पुष्पकमलदाहाललगायत सबै दलका नेताले बीपीकोइरालाको सिद्धान्तलाई मन पराएको र समग्रमाबिपीलाई नै मन पराएको उनले बताए । तर, एमालेले लिएको विचार गलत भएको उनले बताए ।

‘एमालेको विचार मट्टितेलको भाँडोमा बोकेको पानी जस्तै हो,’ उनले भने, ‘न तिर्खाएको मानीसको प्यास मेटाउन सक्छ । न त अँध्यारोमा बसेका मानिसलाई बत्ति बालेर उज्यालो नै दिन सक्छ ।’ कांग्रेससँग विकासबाहेक अरु एजेन्डा नै नभएको तर एमालेले पूँजिवादी व्यबस्थाको विरोधलाई नै एजेन्डा बनाउने गरेको उनले बताए ।

‘कांग्रेसले कसैलाई पनि उधारो बोलेर चुनाव जितौँला भनेर सोचेको छैन,’उनले भने, ‘कांग्रेस जे बोल्छ, त्यो मात्र गर्छ र जे गर्छ त्यति मात्र बोल्छ भन्ने गिरिजाबाबुले बनाउनु भएको सिद्धान्तमा कांग्रेसले विश्वास गरेको छ । हाँसले ठुलो अन्डा पार्छ तर हल्ला नगरी खुरुखुरु हिँड्छ, तर एमाले चाँही कुखुरा जस्तो छ एउटा सानो अन्डा पार्छ अनि गाउँभरी हल्ला गर्दै हिँड्छ ।’

एमालेले प्रचार गर्दै हिँडेको वृद्ध भत्ता पनि तत्कालिन समयमा व्यवहारिक नभएको उनले बताए ।  ‘एमालेले ७५ वर्ष पुगेकालाई बृद्ध भत्ता १०० रुपैयाँ दिने भन्यो, त्यतिबेला नेपालीको औषत आयु ५८ वर्ष थियो,’ उनले भने, ‘अनि के बृद्ध भत्तालिन १७ वर्ष स्वर्गमा पर्खिने ? कर्णाली अञ्चलका सबैको औषतआयु ४२ वर्ष मात्र थियो । के यो व्यावहारिक थियो त ?’

त्यसपछि कांग्रेस सरकारले वृद्धभत्ता २५० रुपैयाँ पु¥याएको, त्यसपछि पनिकांग्रेस नै ५०० र १००० सम्म पुर्याएको उनले बताए ।
‘वृद्ध भत्तालाई विभिन्न शीर्षकमा दिइएको बेलामा कांग्रेसले नै बढाएको हो,’ उनले भने, ‘अनि अझै एमालेले बृद्धा भत्ताको भजन गाउने ?’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ