arrow

जीवात्मामा ज्ञानका दुर्इ स्रोतहरु : वेदबाट कसरी पार्इन्छ र्इश्वरीय ज्ञान ?

logo
प्रकाशित २०७४ भदौ ३१ शनिबार
vedas_375.jpg

काठमाडौं । इश्वरीय ज्ञानको चर्चा गर्नुभन्दा पूर्व यो जान्नु आवश्यक रहेको छ कि ईश्वर के हो र इश्वर कसलाई भनिन्छ । ईश्वर एक सत्य, चित्त र आनन्द युक्त सत्ताको नाम हो । यो सत्ता निराकार एवं सर्वव्यापक छ । यो सर्वज्ञ हो एवं यसैले सत्व रज र तम यी त्रिगुणात्मक सूक्ष्म प्रकृतिद्वारा यस संसारको रचना गरिरहेका छन् । 

ईश्वर सर्वातिसूक्ष्म रहेका छन् । त्यसैले उनलाई आँखाले होईन कि ज्ञानयुक्त बुद्धिले मात्रै जान्न सकिन्छ । ईश्वर भन्दा सूक्ष्म यो संसारमा कुनैपनि बस्तु रहेको छैन । ईश्वरको कुनैपनि भनाईमा न आदि छ न त अन्त्य नै । यो अनादि तथा अनन्त सत्ता हो । यसको माता पिता तथा भाइबन्धु कोही पनि हुँदैन । यो अनादि नित्य तथा सनातन सत्ता हो । 

ईश्वरीय ज्ञान 
अब हामी ईश्वरीय ज्ञानको चर्चा गरौं । ईश्वर चित्त तथा चेतन स्वरुप हुन् । चुतनका गुण ज्ञानवान वा ज्ञान प्राप्त गर्नमा सामथ्र्य हुनु तथा बल तथा शक्तियुक्त हुनको लागि पुरुषार्थ गर्नुपर्छ । ईश्वरमा जुन ज्ञान छ त्यसलाई स्वभाविक ज्ञान मान्न सकिन्छ । उसको स्वभाव अनादिकालदेखि सर्वज्ञाता छन् । अर्थात् उनमा सबै विषयका पूर्ण ज्ञान रहेको हुन्छ । 

स्वभावका अलावा नैमित्तिक ज्ञान हुन्छ ईश्वरमा जुन ज्ञान हामीले ज्ञानीजन तथा पुस्तकहरुबाट अथवा चिन्तन मनन वा प्रयोग गरेर सिक्न सकिन्छ । ईश्वर सर्वज्ञ छन् त्यसैले यिनको ज्ञान पनि अनादि तथा नित्य रहेको छ ।त्यसैले पनि ईश्वरबाट जीवात्मा वा मनुष्यको ज्ञान प्राप्त हुन्छ । ईश्वरीय ज्ञान प्राप्तिको दुईवटा स्रोतहरु छन् । एउटा हो वेद । त्यस्तै दोस्रो स्रोत ईश्वरको जीवात्माको भित्र तथा बाहिर उपस्थित रहेको हुन्छ । त्यसैले सोही आत्मामा प्रेरणाद्वारा दोस्रो प्रकारको ज्ञान लिन सकिन्छ । दोस्रो प्रकारको ज्ञान योगीहरुलाई ईश्वर तथा आत्मसाक्षात्कारको अवसरमा यथोचित मात्रामा प्राप्त हुन्छ । 

योगीहरुले यस्तो ज्ञान समाधिअवस्थामा प्राप्त गर्दछन् । अर्थात् ईश्वरले समाधिस्थलमा मात्रै योगीहरुसँग साक्षात्कार गर्दछन् । यो त्रान निर्भान्त तथा सबै प्रकारको भ्रम वा भ्रान्तिले मुक्त हुने गर्दछ । 

ईश्वरबाट जुन पहिलो ज्ञान बेदको रुपमा मिलेको थियो त्यो सृष्टिको आरम्भ समयमा मिलेको थियो । यो ज्ञान मिल्नु अन्यन्त आवश्यक तथा अनिवार्य पनि रहेको छ । यदी ईश्वरले ज्ञान दिँदैनथिए त आदि कालमा मानिसहरुले आफ्नो कर्तव्य तथा अकर्तव्य तर्थात् धर्म तथा अधर्मको बोध नहुँदा त्यो मानिसले राम्रो तथा नराम्रो सबै कामहरु गर्दछन् । 

त्यसैले यो कुरा सत्य हो कि जबसम्म ईश्वरले धर्म वा अधर्म अथवा कर्तव्य तथा अकर्तव्य के हो ? भन्ने कुरा जवसम्म जीवात्मालाई बोध हुँदैन । वा यस बारेमा जबसम्म ईश्वरले नै सबैलाई भन्दैनन् तबसम्म नराम्रो काम गर्नेहरुलाई दण्ड दिने अधिकार पनि ईश्वरसँग शायद नहुनुपर्ने हो । त्यसैले सृष्टिको आरम्भमा मनुष्यको दायित्व तथा कर्तव्य बताउनु मनुष्यको कर्तव्य हो । 

वेदको ज्ञान 
वेद सृष्टि तथा अध्यात्म अर्थात् परा तथा अपरा विद्याको पूर्ण ज्ञान हो । यसको कमी तथा त्रुटी कुनैपनि प्रकारले देखिँदैन । योगी तथा आत्मदर्शी ऋषि जो आर्ष व्याकरण समेत जान्दछन् । उनीले वेदका मन्त्रको अर्थ तथा यसको रहस्योद्घाटन गर्दछन् । यिनी बाहेक अल्पज्ञानी तथा आचरणहीन ज्ञानीहरुलाई पनि वेदको यथार्थ अर्थ थाहा हुँदैन । यो यस्तो हो कि धूलो परेको ऐनामा आफ्नो सफाआकृति कहिलैपनि देखिँदैन । योगी तथा ऋषिहरुको आत्मा शुद्ध र पवित्र हुन्छ त्यसैले उनीहरु ईश्वरसँग साक्षात्कार तथा आत्मदर्शन सहित ईश्वरसँग सत्य विद्या प्राप्त गर्न सक्दछन् । 

सृष्टिको आरम्भदेखि महाभारतकालसम्म सारा संसार अविद्याबाट मुक्त थियो । समस्त संसारमा एउटैमात्र बैदिक धर्म थियो । संसारका सबै मानिसहरु उही बैदिक धर्मको पालन गर्दथे । यही कारण हो कि अनेक शिक्षामा पारसी ईसाई वा मुस्लिम मतमा समेत विद्यमान रहेको छ । पारसी अंग्रेजी, ल्याटिन, युनानी तथा अरबी भाषामा समेत संस्कृतका शब्द भेटिन्छ यसको कारण यही हो । 

आजभन्दा ५ हजार बर्ष महिले महाभारतको युद्ध यही भारत वर्षमा भएको थियो । यसको विनाशकारी परिणाम आयो । बढी संख्यामा क्षेत्रीय तथा वीरगति प्राप्त गरे । शिक्षा, न्याय वा अन्य सबै व्यवस्था कुप्रभावित भयो उनीहरुको देशमा मुख्यतः विद्याको क्षेत्रमा अन्धकार थपिँदै गयो । यो समयका साथसाथ बढी नै रहेको छ । यो अज्ञानका कारण अन्धविश्वास, पाखण्ड, स्वार्थ, मिथ्या परम्परा, जातिवाद, मूर्तिपूजा, अवतारवाद, मृतक श्राद्ध, फलित ज्योतिष, छुवाछुत, उच्च तथा नीचको भावना र निर्वलमाथिको अन्याय तथा उनको शोषण्को जन्म दिनेहरुको संख्या बढ्दै गयो । त्यसैले यो सबैको लागिसत्मार्गमा हिँडाउने एउटा अपूर्व ज्ञान सागर हो वेद । 

वेदको महत्व के छ ? 
वेद ज्ञानको महत्व के छ ? यसको महत्व यो रहेको छ कि वेद ज्ञान एउटा पूर्ण ज्ञान हो । 
वेद ज्ञानमा कुनैपनि प्रकारको कमि रहेको छैन । ऋषि दयानन्दले बेदको सूक्ष्म अध्ययन गरेर भनेका थिए कि वेद सबै विद्याको पुस्तक हो । यसमा सांसारिक तथा लौकिक ज्ञान पनि छ । वेदका ज्ञान पूर्ण सत्य छ । त्यसै कारणले यो ईशवरबाट प्राप्त हुनको लागि सिद्ध रहेको छ । वेदमा मानिसको जन्मदेखि मृत्युपर्यन्त मनुष्यको कर्तव्य एवं संस्कारको विभान तथा ज्ञान सहित ईश्वर जीवात्मा वा सृष्टिको समेत ठीक ठीक विज्ञान सम्मत ज्ञान रहेको छ । 

वेदको ज्ञान जान्ने तथा यसको आचरण गर्ने मनुष्यले जुन किसिमको अभ्यूदय एवं निःश्रेयश वा मोक्ष पाउँछ त्यो अन्य गैर वैदिक जीवात्माहरुले पाउन सक्दैनन् । त्यसैले वेद मनुष्य जगतको लागि सबैभन्दा महत्वपूर्ण जीवित ग्रन्थ हो । 
भारतीय लेख मनमोहनकुमार आर्यले हिन्दी भाषामा लेखेको आलेखको अनुवाद 



नयाँ