arrow

रक्षा मन्त्रीले भने–७० वर्ष कटेकालाई चुनाव लड्न नदिऔँ

logo
प्रकाशित २०७४ भदौ ३१ शनिबार
bhimsendas_pardhan1.JPG

काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले ७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने बताएका छन् । काठमाडौँस्थित निर्वाचन क्षेत्र नम्बर ६ धनेश्वरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा युवालाई राजनीतिमा अवसर दिनका लागि पनि ७० वर्ष उमेरपछि नेताले चुनाव नपाउने व्यवस्था कानूनीरुपमै व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

उनले भने,  ‘‘हामीले आफूले मात्र सधैँभरि अवसर लिने प्रचलनलाई छाड्नुपर्छ, दुईपटकभन्दा बढी र ७० वर्षपछि पनि चुनाव लड्ने परिपाटीलाई बदल्नुपर्छ ।’’

मन्त्री प्रधानले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देशमा राजनीतिक स्थितरता आउने बताए । राजनीतिक स्थितरतासँगै देशले आर्थिक समृद्धि गर्ने बताउँदै उनले आर्थिक समृद्धिले मात्र देशमा शान्ति स्थापना हुने उल्लेख गरे ।

रक्षा मन्त्रालय अहिले काठमाडौँ नीजगढ द्रूतमार्ग बनाउने काममा लागेको जानकारी दिँदै मन्त्री प्रधानले केही महिनाभित्रै काम शुरु भई चार वर्षमा निर्माण गरिसक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ