arrow

कानून अभावले चुनाव रोकिँदैन : कानूनमन्त्री

logo
प्रकाशित २०७४ असोज १ आइतबार
yaga-badur-thapa-mantri_kanun.jpg

पोखरा ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानूनको अभावमा देशका कुनै पनि निर्वाचन नरोकिने बताएका छन् ।

पोखरामा आयोजित कार्यक्रमा मन्त्री थापाले संविधानको कार्यान्वयनका लागि सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्वलाई आत्मसात् गर्दै दृढ विश्वासका साथ आवश्यक कानून निर्माणको कार्य अघि बढेको बताए ।

यो अवसरमा व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले अबको पत्रकारिता विकास र समृद्धिका लागि र राजनीति विकासका लागि हुनुपर्नेमा जोड दिँदै सञ्चार जगत् निराशा नभई सकारात्मक सोच र धारणा अभिवृद्धि गराउनेतर्फ उन्मुख बन्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ