arrow

संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री महरा न्युयोर्क प्रस्थान

logo
प्रकाशित २०७४ असोज २ सोमबार
DPM-Krishna-Bahadur-Mahara-returns-from-China-aa.jpeg

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । 

महासभामा भाग लिन तथा आवश्यक तयारीका लागि परराष्ट्र मन्त्री महरा त्यसतर्फ प्रस्थान गरेका हुन् । 

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ३ गते न्युयोर्क प्रस्थान गर्दै छन् ।  

परराष्ट्र मन्त्री महराले सेप्टेम्बर २१ मा त्यहाँ आयोजना हुने सार्क मन्त्रिस्तरीय बैठकको अध्यक्षता गर्नेछन् । 

उनले त्यहाँ रहँदा असंलग्न आन्दोलन, जि ७७ र चीन, अतिकम विकसित मुलुक र भूपरिवेष्टित मुलुकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुनाका साथै सम्बोधनसमेत गर्नेछन् । 

उनले एसियाली सहयोग संवादको मन्त्रिस्तरीय बैठकमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

न्यूयोर्कमा रहँदा उपप्रधानमन्त्री महरा १९ सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् भने सोही दिन अपराह्न राष्ट्र संघका महासचिव गुटेरेसद्वारा आयोजित दिवाभोजमा सहभागी हुनेछन् ।  

उपप्रधानमन्त्री महरा राष्ट्रसंघको सुरक्षा परिषद्द्वारा आयोजित राष्ट्रसंघको शान्ति स्थापनामा सुधारसम्बन्धी उच्चस्तरीय खुला छलफल, राष्ट्र संघका महासचिवले आयोजना गर्र्ने यौन शोषण र दुव्र्यवहारबाट संरक्षण, दिगो विकासका लागि खानेपानी, मानव बेचबिखन, बालश्रम र बँधुवा मजदुरको अन्त्य विषयका उच्चस्तरीय बैठक तथा छलफलमा सहभागी हुनेछन् ।  

उपप्रधानमन्त्री महराले यस वर्ष जुलाइमा राष्ट्रसंघ सम्मेलनले स्वीकारेको परमाणु हतियार निषेधित सन्धिमा हस्ताक्षर गर्नेछन् ।  

प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ