arrow

माधव नेपाललाई नै मतपत्र पट्याउन नआएपछि....

logo
प्रकाशित २०७४ असोज २ सोमबार
madhav-nepal.png

रौतहट । स्थानीय तह तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को निर्वाचन सोमबार भइरहेको छ । 

प्रदेश नम्बर २ मा मतवदर संख्या बढी हुन सक्ने आँकलन भइरहेका बेलामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि मतपत्र गलत तरिकाले पट्याएका छन् ।

रौतहटको गौर नगरपालिकास्थित जानकी कन्या प्राथमिक विद्यालय केन्द्रमा मतदान गरेका पूर्वप्रधानमन्त्री नेपालले मत पट्याउन नजानेका हुन् ।

बिहान साढे ७ बजे मत खसालेका थिए । नेपालले नै राम्रोसंग मत पट्याउन नसकेको तस्वीरले भने मतबदर अझै बढी नै पो हुने हो कि भन्ने आशंका बढेको छ । 

मसि अरुतिर फैलिने सम्भावना बढेसंगै बदर हुन सक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ