arrow

मतदाता तथा दल प्रतिनिधि परिचयपत्र र मतदान केन्द्रको सुव्यवस्थामा जोड

logo
प्रकाशित २०७४ असोज २ सोमबार
NHRC-logo.jpeg

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आगामी निर्वाचनमा मतदाता शिक्षा, मतदाता परिचयपत्र, दलका प्रतिनिधिलाई वितरण गरिने परिचयपत्र र मतदान केन्द्रको सुव्यवस्थाजस्ता विषयमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा आगामी निर्वाचनमा स्वास्थ्यजस्तो अत्यावश्यकीय सेवा नै ठप्प हुने गरी स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन सरकारसँग आग्रह गरेको छ ।

आयोगले केही स्थानमा रहेका मतदान कक्षको आडैमा सुरक्षाकर्मीको उपस्थितिले मतदाताको गोप्य मतदानको अधिकारमा असर परेको पनि जनाएको छ । आयोगले प्रदेश नं २ का आठ जिल्लामा आयोगका सदस्य र सचिव सम्मिलित दुई उच्चस्तरीय टोली एवम् अधिकृत सम्मिलित आठ टोलीसहित १० टोली खटाएको थियो ।

आयोगले अनुगमनका क्रममा सप्तरी र रौतहट जिल्लामा सामान्य झडप भए पनि मतदान भने सम्पन्न भएको र प्रदेश २ अन्तर्गतका जिल्लाका अधिकांश मतदानस्थललाई निर्वाचन सुरक्षा चुनौतीका दृष्टिले अतिसंवेदनशील मानिए पनि समग्र मतदान प्रक्रिया अत्यन्त उत्साहपूर्ण एवम् शान्तिपूर्ण रुपमा सम्पन्न भएको पाइएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ